सलमान र आमिरको मित्रतामा तिक्तता

इनेप्लिज २०७३ जेठ २२ गते ६:४२ मा प्रकाशित

salman-amir-555x335

काठमाडौ। बलिउडका सबै भन्दा मिल्ने साथीको रुपमा परिचय बनाएका नायक सलमान खान र आमिर खान विचको दुरी बढेको छ ।
पछिल्लो समयमा उनीहरुवीच एउटा चलचित्रको कारण दुरी बढेको बताईएको छ । त्यो हो सलमान खान अभिनित चलिचित्र सुल्तान ।
सलमानले अभिनय गरेको चलचित्र ‘सुल्तान’ जुलाई ८ बाट रिलिज हुँदैछ । यो चलचित्रमा सलमान रेसलरको भूमिकामा छन् । सुल्तानको घोषणा हुनु अघि नै आमिर खानले त्यस्तै प्रकारको भूमिका भएको चलचित्र ‘दंगाल’ को सुटिङ्ग थालेका थिए । जुन फिल्म क्रिसमसमा रिलिज हुँदैछ ।
आमिरसँग ‘सुल्तान’का निर्माता आदित्य चोपडाले चलचित्र ‘दंगाल’ पछि रिलिज गर्ने प्रतिवद्धता जनाएका थिए । तर, सहमति विपरित सुल्तानको प्रर्दशन मिति तोकिएपछि यी दुई वीच तिक्तता बढेको हो । सलमान हरेक ईदमा फिल्म रिलिज गर्दै आएका छन । अब, कथावस्तु र निर्माण तरिका उस्तै भएपछि आमिर खान तनावमा छन् ।

प्रतिक्रिया