आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १८:२७
वासिङटन डिसी 08:42

बाहिर प्रचण्ड, भित्र माधव नेपाललाई प्रधानमन्त्री बनाउने खेल

इनेप्लिज २०७३ जेठ २० गते १७:११ मा प्रकाशित

razak-khan_1464767444-555x335

काठमाडौ, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै नेतृत्वमा सहमतिको सरकार बनाउने भन्दै आन्तरिक रुपमा विभिन्न दलसँग छलफल गरिरहेका छन त्यही अनुसारको अभिब्यक्ति समेत बाहिर अभिब्यक्त गरिरहेका छन ।

अर्को तर्फ एमालेसँग भद्र सहमति भएको भन्दै सो अनुसार बजेट पारित भएपछि आफ्नो नेतृत्वमा सहमति सरकार गठनकोलागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहमति कार्यान्वयन गर्न दवाब सृजना गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अभियानमा अघि बढीसकेका छन ।

तर भित्र भित्रै यी दुई सम्भावना भन्दा फरक ढंगले नयाँ सरकार गठनको पहलहरुले तिब्रता पाउन थालेका छन ।
नेपाली राजनीतिमा मध्यमार्गी नेताको रुपमा छवि बनाएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी खेल सुरु भएको छ । स्रोतका अनुसार प्रचण्डले काग्रेसको समर्थन खोजिरहेको बेला । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई समर्थन गर्ने संकेत सहित अघि बढ्न सुझाव दिईसकेका छन । सोही आधारमा नेपालले छलफल अघि बढाएका छन । उनले यस विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरुसँगपनि कुराकानी गरेका छन ।

पार्टीभित्रै पनि उनले आफ्नो पक्षमा बहुमतको अवस्था सृजना गरेका छन । नेपाललाई बरिष्ठ नेता झलनाथ खनालले समर्थन जनाईसकेका छन भने उपाध्यक्ष बामदेब गौतम पनि यो विषयमा लचिलो बनेको बताईएको छ ।

नेपालको पक्षमा अहिले भारत पनि रहेको बताईएको छ । भारत कुनै पनि हालतमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई कुनै पनि हालतमा फाल्ने पक्षमा छ । उसले प्रचण्डलाई पूर्ण रुपमा विश्वास गरिसकेको छ । नेपाली काग्रेसको नेतृत्वमा सरकार गठन हुने सम्भावना नदेखेर अरु भन्दा अलि बढी विश्वास भारतले पनि अहिले नेपाललाई गरिरहेको जानकारहरुको भनाई छ ।

पछिल्लो समयमा पार्टीभित्र प्रधानमन्त्रीका विरुद्ध आक्रमक बन्दै पार्टीमा प्रमुख प्रतिपक्षीको भूमिकामा देखिएका नेपाललाई समर्थन गर्दा एमालेलाई पनि कमजोर बनाउन सक्ने र आफ्नो स्वार्थ अनुसारको सरकार समेत निर्माण गर्न सकिने भारतको बुझाई छ ।

अर्को तर्फ नेपाल प्रधानमन्त्री बन्दा हिजो पनि धेरै पार्टीलाई मिलाएर लामो समयसम्म सरकार चलाएको अनुभवको कारण र उनी अरु भन्दा नरमपन्थी भएकोले उनको नेतृत्वमा नेपाली काग्रेस र मधेसी दलहरुसमेत आउँदा मधेसको समस्या समाधानकोलागि संविधान संसोधन गर्ने बातावरण समेत बन्न सक्ने भारतको बुझाईछ ।

यसकारण भारतले समेत नेपालको पक्षमा हरियो झण्डा देखाएर मधेससहित नेपाली काग्रेसलाई त्यसको पक्षमा गतिविधी गर्न सुझाव दिईसकेको छ । मधेसी मोर्चाहरुले पनि त्यही ईशाराको कारण केपी ओलीविरुद्ध आफ्नो आक्रमकतालाई बढाएका हुन । मधेसी मोर्चाले एमाले भन्दा पनि ओलीको तिब्र आलोचना गरेको घटनाक्रमले पनि यो कुरालाई थप पुष्टि गर्दछ ।

प्रतिक्रिया