शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं १७:३६
वासिङटन डिसी 07:51

भर्जिनियाको मनाससमा नेपालीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने

इनेप्लिज २०७३ जेठ २० गते २:०६ मा प्रकाशित

INLS-logo

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्थापना भएको २५ बर्ष पुगेको उपलक्ष्यमा अनेसास को रजत जयन्ती समारोह भर्जिनियाको मनाससमा आयोजना हुने भएको छ l आगामी जुन ४ र ५ तारिख ,शनिबार र आईतबार दुई दिन सम्म रजत जयन्ती समारोह आयोजना हुने जानकारी संस्थाका केन्द्रिय अध्यक्ष पदम बिश्वोकर्माले कोलोराडोबाट बताए l

यस्तै गरि अनेसास का बोर्ड अफ ट्रस्टी (गुठि)का अध्यक्ष डा. श्याम कार्की ले भने ,संस्था स्थापना भएको २५ बर्ष सम्म राजनिती नलागेको र नेपाली भाषा साहित्यको लागी विश्व ब्यापी रुपमा लागि परेको यो संस्था एनआरएन भन्दा पनी धेरै मुलुकहरु ८५ राष्ट्र मा फैलिएको छ l

संसारका विभिन्न मुलुकहरुबाट नेपालीहरु डिसी क्षेत्रको भंर्जिनियाको मनाससमा जम्मा हुँदैछन् l संमेलनमा भाग लिन कै लागी नेपालका वरिष्ठ प्राध्यापक डा. खगेन्द्र लुईटेल भर्जिनिया आईसक्नु भएको छ l जापानबाट प्रकाश माईला तथा ध्रुब थापा २ तारिख बिहीबार भर्जिनिया आइपुग्दै छन् भने अन्य मुलुकहरुबाट ४ तारिख शनिबारको बिहान सम्ममा मनासस आई पुग्ने जानकारी डा. कार्कीले बताए l

अनेसासका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार होमनाथ सुबेदी भन्छन :यो संमेलनमा कबिता बाचन गर्नेहरु मात्रै जानुपर्छ भन्ने छैन, अमेरिकाका विभिन्न राज्यहरु र विभिन्न मुलुकहरुबाट आउने नेपाली दाजुभाई दिदिबहिनीहरु संग चिनाजान गर्नको लागी मात्रै पनी रजत जयन्ती समारोहमा भाग लिन सकिन्छ l

रजत जयन्ती समारोह हुने स्थान, मिती र समय यस प्रकार छ :

Best Western Battlefield Inn ,
Address: 10820 Balls Ford Rd, Manassas, VA 20109
Phone:(703) 361-8000

प्रतिक्रिया