बेलायतमा गेर्खाकपको उपाधि क्वीन्स गोर्खा सिग्नल्स रेडले चुम्यो

इनेप्लिज २०७३ जेठ १७ गते ७:३४ मा प्रकाशित

g1

रोशन मेवाहाङ्ग
लण्डन, जेठ १६,२०७३ । नेपालबाट धेरै टाढाको देश प्रवासी भूमिमा रहेपनि बेलायतमा नेपाली फुटबल विगत १४ बर्ष देखि चर्चित र आकर्षण बन्दै आएको पाईन्छ । अल्डरसट स्थित क्वीन्स एभिन्यू सैनिक ग्यारिजनको रंगशालामा आईतबार सम्पन्न प्रतियोगिताको उपाधि क्वीन्स गोर्खा सिग्नल्स रेडले चुम्न सफल भएका छन् ।
तमुधि बेलायतकोे प्रायोजनमा हरेक बर्ष हुने गोर्खाकप प्रतियोगिताको यो बर्ष १४ औ संस्करण हो । बेलायतको नेपाली समुदायमा आयोजना हुने सबै भन्दा पुरानो र चर्चित मानिने गोर्खा कप यो बर्षको प्रतियोगितामा मुख्य टिम ३२ र भेट्रानतर्फ १० टिमले प्रतिस्पर्धा गरेका छन् । करिब नेपाली रुपैयाँ ८० लाख खर्च हुने अनुमान गरिएको गोर्खा कप खेलको नतिजा हेर्न मात्र नभएर, विशेष प्रेमी प्रेमिका, ईष्टमित्र,आफन्त र हितैसी दौंतरीहरु समेत भेटघाट गरिने गोर्खाकपमा झण्डै १५ हजार दर्शक प्रत्येक बर्ष सहभागी रहने आयोजकले जनाएको छ ।

1464577966512

मुख्य समुहको नतिजा;
सैनिक ग्यारिजनको परिसरमा आईतबार विहान ९ बजेबाट शुरु गरिएको लिग खेलबाट छनौट हुदै फाईनल खेलमा क्वीन्स गोर्खा सिग्नल्स रेड र वि १३ विच प्रतिष्पर्धा भएको थियो । प्रतियोगिताको ३५औ मिनटमा जीवन गुरुङले खेलको निर्णय गोल गर्दै वि१३ लाई २–१ ले पराजित गदै क्वीन्स गोर्खा सिग्नल्स रेडले १४ औ संस्करण गोर्खाकपको उपाधि चुमेको हो । उक्त प्रतियोगिताको सर्वाधिक उत्कृष्ट खेलाडी क्वीन्स गोर्खा सिग्नल्स रेडका गमबहादुर गुरुङ्ग म्यान अफ दि म्याच र सर्वाधिक बढि गोल गदै वि१३ का प्रदिप गुरुङ्ग घोषित भएका छन् ।
आयोजक तमुधिं यूकेका अध्यक्ष रामचन्द्र गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रसमोर मेयर ज्याकी भर्षल, विशेष अतिथी लन्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, एनआरएन बेलायतका अध्यक्ष मुछेत्र गुरुङ, उपाध्यक्ष हिराधन राई, किरात राई यायोख्खा बेलायतका अध्यक्ष पदमबहादर राई, मेजर योगेश राई, रोजिहिरा फाउण्डेशनका महासचिब रोजिना प्रधान राई, र फोटो पत्रकार पवन राई (रसुट) लगायत सर्वसाधरण करिब १५ हजार उपस्थित रहेका थिए ।

g5
भेट्रान समुहको नतिजा;
३२ प्रतिस्पर्धी समूहले भाग लिएको सो प्रतियोगितामा मुख्य र १० भेट्रानगरि ४२ टिमले प्रतिस्पर्धा गरेका उक्त प्रतियोगितामा भेट्रानतर्र्फ एफसी केन्टले ईलाम एफसीलाई २–१ ले पराजित गदै पहिलो स्थान हात पार्न सफल भएको हो । भेट्रानतर्फ विजेता टिम एफसी केन्टले नेपाली रुपैयाँ १ लाख ५९ हजार र उपविजेता टिम ईलामले १ लाख ११ हजार नगद , कप तथा प्रमाण–पत्र प्राप्त गरे । प्रमुख विजेता टीम क्वीन्स गोर्खा सिग्नल्स रेडले ३ लाख १५ हजार र उपविजेता ईलामले १ लाख ५९ हजार साथै मेडल तथा प्रमाणपत्र पाएका थिए । विजेता तथा उपविजेता टीमलाइ प्रमुख अतिथी रसमोर मेयर ज्याकी भर्षल र आयोजक तमुधिं यूके अध्यक्ष रामचन्द्र गुरुङ र गोर्खाकपका प्रमुख संयोजक (रि) क्याप्टेन पितम्बर गुरुङ लगायतले फुटबल प्रतियोगिताको समापन समारोहमा पुरस्कार वितरण गरेका थिए ।

सुपर भेट्रान समुहको नतिजा;
आयोजकले ५० वर्ष उमेर काटेका समूह सुपर भेट्रान टिमबीच पहिलोपटक गोर्खाकपमा प्रतिस्पर्धा गरिने घोषणा गरपनि विशेष कारणले प्रतिस्पर्धा हुन नसकेको उक्त सुपर भेट्रान टिमको संयोजन तमुधिं यूके सल्लाहकार भुपेन्द्र गुरुङले जानकारी गराएका हुन् । नन भेट्रान टिमको पहिलो पुरस्कार एभरेष्ट मनी ट्रान्सफर कम्पनी र भेट्रानको पहिलो पुरस्कार हङकङका व्यवसायी एवं एनआरएनए सल्लाहकार त्रिलोक गुरुङले प्रायोजन गरेका हुन् । म्यान अफ दि म्याच खेलाडीलाई तमुधिं यूकेले दिने ट्रफी बाहेक प्रशान्त थापा र शिव गुरुङले बेग्लै ६० हजार नेपाली रुपैयाँ बराबरको पुरस्कार प्रायोजन गरेका थिए ।

प्रतियोगिताको मुख्य आकर्षण;
अल्डरसट सैनिक ग्यारिजनका चिफ अफदि आर्मी स्टाफ पाराजम्पर मेजर रुद्र शाहीको नेतृत्वमा पारासुट प्रदर्शन गत बर्षबाट जम्प गर्न सुरुवात गरिएको हो । गोर्खा कपको थप मुख्य आकर्षण गराउदै पारासुटबाट नेपाल, बेलायत र तमुधिंको झण्डा फर्रफराउदै पाराजम्परहरु रंगशालाको सहि निशानीमा झरेका दृश्य दर्शककालागि मुख्य आकर्षण रहेको बताउँछन ।

g4
खेल समापन लगत्तै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको सुरुवातमा गोर्खा व्रिगेड व्यान्डको विशेष प्रस्तुती, नेपालीपन झल्किने सांस्कृतिक नृत्य, खुकुरी नाँच, मार्सल आर्ट, तेक्वान्दो प्रदर्शनका केहि कौशल , अन्य ५०औ च्यारिटी तथा व्यापारिक स्टलहरु गोर्खा कपका आकर्षण रहेका थिए । नेपाली मेलाको रुपमा मानिने कार्यक्रमलाई नेपाली दूतावास लण्डन, ब्रिगेड अफ गोर्खाज, नेपाली समुदाय , गैर आवासीय नेपाली संघ बेलायत र रसमोर बरो काउन्सिलले साथ दिदै आएका छन् ।

g3
बेलायतमा रहेका प्रत्येक नेपालीहरु, भावि सन्ततीहरु लगायत बृद्वबृद्वा, छोरीचेलीहरु र आफ्न्तहरुमाझ भेटघाट गर्ने शुभ अवशर मिलोस भन्ने मनसायले उक्त प्रतियोगिता हुदै आएको र खेल प्रेमीहरुको खेलमा प्रगती होस साथै खेल खेलेर भरपुर मनोरन्जन मिलोस भन्ने उदेश्यले हरेक बर्ष भेटघाट मनोरञ्जन तथा प्रतिस्पर्धात्मक फुटबल खेल प्रतियोगिताको आयोजना गदै आएको गोर्खाकपका प्रमुख संयोजक (रि) क्याप्टेन पितम्बर गुरुङले बताए ।

प्रतिक्रिया