विश्व शान्तिका अग्रदूत भगवान बुद्धको सम्झनामा क्यालिफोर्नियका नेपालीले आयोजना गरे शान्ति पदयात्रा

इनेप्लिज २०७३ जेठ १७ गते ६:३४ मा प्रकाशित

Buddha Peace March 1

सनफ्रान्सिस्को । विश्व शान्तिका अग्रदूत भगवान बुद्धको २५६० औं जन्म दिवसको अवसर पारेर क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीहरुले स्थानिय सनफ्रान्सिस्को शहरमा शान्ति पदयात्राको आयोजना गरेका छन । शान्ति पदयात्रामा नेपाली अमेरिकनका विभिन्न संघ संस्था र भगवान बुद्धका अनुयायी विदेशी नागरिकको समेत ठुलो संख्यामा सहभागिता रहेको थियो । शान्ति पदयात्रा सनफ्रान्सिस्को शहरको मूख्य भाग युनियन स्क्वायरबाट सुरु भै नगरको विभिन्न भागको परिक्रमा गरि युनियन स्क्वायरमै फर्किएर शान्ति सभामा परिणत भएको थियो । शान्ति पद यात्रामा विश्व शान्तिका लागि भगवान बुद्धका वाणीहरु अंकित प्लेकार्ड बोकेका सहभागीहरुका अतिरिक्त नेपाली कला संस्कृति झल्कने लाखे नांच र गुरुङ पहिरन प्रदर्शन गरिएको थियो ।

Buddha Peace March 2

भगवान बुद्धको अहिंसा परमो धर्म र विश्व शान्तिको संदेश आजको हिंसाग्रस्त समाजका लागि शान्तिको एक मात्र मार्ग भएकोले यसको प्रचार र प्रसार गर्ने हेतुले शान्ति पदयात्रा सुरु गरिएको आयोजक संस्थाका चीनकाजी श्रेष्ठले जानकारी दिनु भयो । शान्ति पदयात्रा पछि आयोजित सभालाई संबोधन गर्दै अमेरिकाका लागि नेपाली वाणिज्यदूत ऋषि पुनाखर ढकालले नेपालको लुम्बिनी भगवान बुद्धको जन्मभूमि भएको र त्यो पावन भूमी र उहाँको विश्व शान्तिको संदेश संसारभरी फैल्याउने जिम्मेवारी पुरा गर्न सके मात्र पनि मातृभूमि प्रतिको कर्तव्य पुरा हुने बताउनु भयो लागि । उक्त शान्ति पदयात्रा बुद्ध नेपाल पिस फाउन्डेशनले आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष डा किशोर शेरचनले बताउनु भयो । उहाँले आगामी बर्ष शान्ति पदयात्रा बिशाल रुपमा आयोजना गरिने जानकारी दिनु भयो ।

Buddha Peace March 4

शान्ति पदयात्रा पछि बुद्ध नेपालमा जन्मिएका हुन भन्ने अभियानका अभियन्ता प्रेम गुरागाईलाई सम्मान गरिएको थियो भने समारोहमा स्थानिय अगुवाहरु पूर्ण बानिया, उत्तम कार्की, पूर्ण शेर्पा, चन्द्र धिताल, विद्यासागर योञ्जन, बिष्णु गुरुङ एकता, मणि पनेरु, चन्द्र धिताल, बिष्णु शाह, लसएन्जलसबाट पदयात्रामा सहभागी हुन गएका अगुवाहरु रामबाबु पाण्डे, राजेन्द्र सिवाकोटी, शान्तिराम ढकाल, किशोर लोहनी र बलराम कार्कीको पदयात्रा सफल पार्न उल्लेख्य भूमिका रहेको थियो ।

Buddha Peace March 5 Buddha Peace March 6 Buddha Peace March

प्रतिक्रिया