क्यानडाको राजधानीमा नेपाली गणतन्त्र दिवश मनाइयो

इनेप्लिज २०७३ जेठ १६ गते ८:५० मा प्रकाशित

IMG_3239

अटवा आज मे २८ २०१६ शनिवारका दिन क्यानडाको राजधानी अटवामा बस्ने नेपालीहरुको एक भेलाले नवौं नेपाली गणतन्त्र दिवस मनायो । नेपाली राजदूतावासको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अटवामा रहेका बिभिन्न संघ संस्थाहरु र अटोवामा बसोवास गर्ने नेपालीहरुको सहभागिता रहेको थियो ।

गणतन्त्र प्राप्तिकोलागि जीवन उत्सर्ग गर्नु हुने शहिदहरु प्रति एक मिनेट मौनधारण गरेर शुरुभएको कार्यक्रममा आमन्त्रित नेपालीहरुलार्इ महामहिम नेपाली राजदुत कालिप्रसाद पोख्रेल तथा कमला पोख्रेलले श्वागत गर्नु भएको थियो । करिब आठ दसकको संघर्ष पश्चात प्राप्त गणतन्त्रलार्इ संस्थागत गर्न विश्वभर छरिएर रहेका नेपालीहरुले आआफ्नो ज्ञान शिप कला र दक्षतालार्इ नेपालको माटोमा सिंचन गर्न सके अवश्य पनि नेपालले द्रूत गतिमा विकाश गर्ने छ । नेपाल सरकारले भर्खरै बजेटमार्फत ल्याएका नविन योजनाहरु र परिकल्पनाहरुलार्इ साकार गर्न सकै नेपालको भबिष्य उज्वल हुने कुरामा दुर्इमत छैन ।आज सानो ठाउँमा रहेका हामी नेपालीहरुले भोलि नेपालहाउस बनाएर यस प्रकारका कार्यक्रमलार्इ अझ भव्यरुपमा गर्नु पर्ने धारणा व्यक्त गर्दै उपस्थित नेपालीहरु र नेपाली संघ संस्थाहरुलार्इ श्री पोख्रेलले श्वागत गर्नु भयो ।

एन आर एन क्यानडाका उपाध्यक्ष सुरेन उप्रेतीले सबै सहभागिहरुलार्इ बधार्इ तथा शुभकामना दिनु भयो । आयोजक नेपाली दूतावासलार्इ धन्यवाद दिंदै श्री उप्रेतीले हजारौंको शाहदतबाट प्राप्त गणतन्त्रको महत्व तव मात्र हुन्छ । जव प्रत्येक गाँउका नेपालीहरुको जीवन स्तर माथि उठ्छ । प्रत्येक नेपालीहरुलार्इ गाँस वास शिक्षा स्वास्थ सुरक्षा जस्ता आधारभूत कुराहरुको प्राप्ति र अनुभूति हुन्छ।एन आर एन पनि नेपालीहरुको कठिन परिस्थितिलार्इ सहजिकरणका लागि नेपाल सरकार सँग एकाकार हुँदै अगाडि बढेको र आगामी दिनमा पनि निरन्तर लागिरहने बताउनु भयो । केहि महिना अगाडि भएको भारतिय नाकाबन्दिले नेपालीहरुको आत्मनिर्भर हुनु पर्ने चेतनालार्इ उघारी दिएको छ । यसले विकाश निर्माण र वैकल्पिक उपायहरु खोज्ने अवसर प्रदान गरेको छ भन्नु भयो । मन्तव्यको अन्त्यमा उप्रेतीले गणतन्त्र शिर्षकको आफ्नो कविता वाचन गरेर सुनाउनु भयो ।

अर्का वक्ता एनसिए‌ओका डा कृष्णहरि गौतमले आयोजक दूतावास परिवारलार्इ धन्यवाद र सबैलार्इ शुभकामना दिंदै हामी शाररिक रुपमा मात्र नेपाल बाहिर रहेकाछौ तर मन मष्तिष्कमा नेपालमै छौं । हामी नेपालका प्रत्येक सुख दुखमा सँगै छौ । नेपाल दुख्दा हामी बैचयन हुन्छौं । हाम्रो विद्धता दक्षता र निपूर्णतालार्इ नेपालको हितमा उपयोग गर्नु पर्छ । एउटा राजनीतिक पार्टी र गूटकालागि मात्र हाम्रो विद्धता खर्चिने हो भने देस कहिलै पनि अग्रगतिमा जादैन । केवल व्यक्तिका इच्क्षाहरु पूर्ति हुन्छन् । देस जहाँको त्यहिं हुन्छ । यहि परिवर्तन आउनु पर्छ भन्ने मान्यता हो गणतन्त्र

भन्नु भयो । नेपाली राजदूतावासका काउन्सिलर दिलिम पौडेलले नेपाली राजदूत श्री कालिप्रसाद पोख्रेलले क्यानडाका करिब ४८ जना सांसदहरु सँग भेट गरी नेपालमा जलविधुत आयोजना कृषी पर्यटन जस्ता क्षेत्रमा लगानी गर्न अनुरोध गरेको तथा नेपाल सम्वन्धी सम्सदिय समिति बनाउन पहल गरेको कुरा जानकारी गराउनु भयो । कार्यक्रम काउन्सिलर दिलिप पौडेलले सन्चालन गर्नु भएको थियो । महामहिम श्री कालिप्रसाद पोख्रेलको आवाशमा संचालित उक्त कार्यक्रम पश्चात जलपानको आयोजना गरिएको थियो ।

प्रतिक्रिया