ब्लड डोनर्स अफ अमेरिका (बिडिए) र सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेज (सान)-प्रेस बिज्ञप्ती

इनेप्लिज २०७३ जेठ १३ गते २२:०३ मा प्रकाशित

sann-bda-300x230

आदरणिय अमेरिकाबासी नेपाली दाजुभाई दिदी बैनिहरु!

यही मे २७ देखी २९ तारिख्, २०१६ मा हाम्रो यस सुन्दर शहर ड्यालसमा, आप्रबाशी नेपालीहरुद्वारा सन्च्चालित दुई राष्ट्रिय सस्थाहरु- ब्लड डोनर्स अफ अमेरिका (बिडिए) र सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेज (सान) को प्रथम ऐतिहासिक संयुक्त सम्मेलन हुन गै रहेको खबर भन्न पाउदा खुसी लागेको छ । वसुधैव कुटुम्बकम्, “Assimilation with society through blood donation” “Entire world constitutes but a family” जस्ता यस सम्मेलनका नारा रहेका छन् l

“रक्तदान जीवनदान” भन्ने मूल मंत्रको साथ ई. सं. २००९ मा स्थापित बिडिएले हालसम्म सयौ रक्तदान शिबिर आयोजना तथा हजारौ रक्तदान गरिसकेको छ। अमेरिकाका ५० राज्यहरुमा राज्यसंयोजकहरु तथा १५ राज्य कमिटीहरु गठन भैसकेकाछन । अमेरिकाका बिभिन्न राज्यहरुका बिभिन्न शहरहरुमा त्यहाँका स्थानिय संस्थाहरुसंग संयोजन गरी तथा अमेरिका बाहिर नेपालका बिभिन्न ठांउहरुमा पनि बिभिन्न गतिबिधिहरु जस्तै रक्तदान्, रक्तदान सम्बन्धि कबिता गोष्ठि, हाई स्कुल स्तरीय निबन्ध प्रतियोगिता गरी समाजसेवा तथा रक्तदान सम्बधि जनचेतना फैल्याउने अभियानहरु गर्दै आएको छ । राष्ट्रीय तथा अन्तर राष्ट्रीय स्तरमा समेत दैबी प्रकोपमा परेका पिडितहरुलाई सक्दो आर्थिक सहयोगद्वारा मानबिय सेवा पुर्याउनुका साथै एकैबद्दता जनाउदै आएको पनि छ । केहि वर्ष अगाडी मात्रै सिन्धुपाल्चोक सुनकोशी बाढिपिडितहरु र गत वर्षको नेपालमा गएको संहारकारी भूकम्प पिडितहरुलाई आर्थिक राहत उपलब्ध गराएको छ ।

नेपाल देखी अमेरिका आएर बसोबस गर्ने नर्शहरुको पेशागत सस्था सान ई सं २०११ मा स्थापना भई नर्सिङ पेशामा संलग्न ब्यक्तिहरुलाई एउटै छातामुनी एकताबद्द गराउदै मानब स्वास्थ्यमा टेवा पुर्याउदै अमेरिका तथा नेपालमा थुप्रै गतिबिधिहरु गर्दै आएको छ । हेल्थ क्याम्प संचालन, गोष्ठिहरु, बिडिए तथा अन्य स्थानिय संस्थाहरुसँग मिलेर रक्तदान आदी केहि उदाहरण हुन् । नेपालमा बृद्दाश्रम संचालनको लागि र बिपन्न विद्द्यार्थिहरुलाई आर्थिक सहयोग लगायत बिभिन्न सामाजिक सेवामा संलग्न भइ उल्लेखनिय कार्यहरु गर्दै आएको छ । १०० भन्दा बढी आजीवन सदस्यहरु रहेको सानले अमेरिकाका ४ भन्दा बढी राज्यमा च्याप्टर साखाहरु खोली सकेको छ र सिघ्र नै अन्य च्याप्टरहरु गठन गर्ने प्रकृयामा छ ।

करीब २४० भन्दा बढी आजीवन तथा ६५ भन्दा बढी साधारण सदस्यहरु रहेको बिडिएले अमेरिकाका ५० वटा राज्य संयोजकहरु, १५ वटा राज्य समितिहरु गरी सकेको छ । ७५ भन्दा बढी राष्ट्रहरु सदस्य रहेको अन्तरराष्ट्रीय ब्लड डोनर्स संघ (INTERNATIONAL FEDERATION OF BLOOD DONOR ORGANIZATION-IFBDO) को सदस्यता प्रप्त गरी अन्तर राष्ट्रीय फड्को मारिसकेको छ ।

बिडिए र सान जन स्वास्थ्य र स्वास्थ्य जीवनशैलीको प्रबर्धन संबन्धित साझा उद्द्यस्यकालागी सेवामा समर्पित भएकाले यी दुइ सस्थाहरु भबिश्यमा पनि हातेमालो गर्दै अगाडी बढ्न सक्ने भएको हुदा संयुक्त सम्मेलन गर्न लागिएको हो । यस ऐतिहासिक अधिबेशन जन चेतनाको बाहक बनोस भन्दै बिभिन्न कार्यक्रमहरु जस्तै खेल्कूदहरु (भलिबल् र गोल्फ्), सास्कृतिक कार्यक्रम्, योगा, कबिता प्रतियोगिता , बृहत रक्तदान्, हेल्थ क्याम्प, निशुल्क आँखा जांच, पेशागत फोरम आदीका साथमा सम्पन्न गर्न गैरहेका छौं ।

हाम्रो यस अधिबेशनमा राष्ट्रीय तथा अन्तर राष्ट्रीय भोलेंटर, प्रबुद्ध महानुभाबहरु शुभकामना ब्यक्त गर्न सहभागी आउदै हुनुहुन्छ । हाम्रो यस महान अभियानलाई शुभकामना ब्यक्त र सहभागी भई सहयोग तथा सम्मेलन सफल पार्न हुन सम्पूर्ण अमेरिकाबासी र बिशेष गरी टेक्सासबासी जनसमुदाय, सामाजिक तथा पेशागत संघसंस्थाहरु, समाजसेविहरु, डाक्टर्, ईन्जीनियर, प्राबिधिक् वर्ग, शिक्षक्, प्राध्यापक्, वकिल्, कलाकारहरु, उध्यमी लगायत सम्पूर्ण ब्यक्तित्वहरुलाई हार्दिक आमन्त्रण गर्दछौं । यहाँहरुको सल्लाह र सुझाबहरुको पनि मुक्तकण्ठले आदर र सम्मान गर्दछौं/

धन्यवाद सहित
डा नन्द रेग्मी
प्रथम संयुक्त सम्मेलन संयोजक- २०१६
ब्लड डोनर्स अफ अमेरिका (बिडिए) र सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेज (सान)
मे २४ २०१६
डालास टेक्सास , संयुक्त राज्य अमेरिका

प्रतिक्रिया