संसार छाड्नुअघि मनिषाले दाई विमललाई के भनेकी थिइन् ? यो हो अन्तिम शब्द

इनेप्लिज २०७३ जेठ १३ गते २१:१६ मा प्रकाशित

bimal-his-siter

काठमाडौं, १३ जेठ । फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीले अबेर रातिसम्म सामाजिक सञ्जाल फेसबुक चलाएको देखिएको छ ।

आज विहान नवलपरासीस्थित आफ्नै घरमै मृत फेला परेकी मनिषाले २२ घण्टाअगाडि बेल्जियममा रहेका दाई विमललाई धन्यवाद दिएको फेसबुकले देखाएको हो । उनले आफ्नो दाई विमललाई अन्तिम शब्दमा लेखेकी छिन्- ‘थ्याङ्क्यू ब्रो एण्ड मिस यू टू ।’

२३ घण्टा अगाडि प्रोफाइल पिक्चर चेञ्ज गरेकी मनिषाको फोटोमा विमलले २२ घण्टाअघि ‘ब्यूटिफूल सिस्टर मिस यू’ भन्दै कमेण्ट गरेका छन् । त्यसमा रिप्लाई गर्दै मनिषाले आफ्नो दाईलाई धन्यवाद दिइन् ।

यो नै उनको अन्तिम शब्द थियो आफ्ना दाजुका लागि । घटना हुनुअगाडि मनिषाले फेसबुक चलाएको माथिका क्रियाकलापबाट प्रष्ट भएको छ ।

यता उनले कही दिन अगाडि फेसबुकमा आई जस्ट वान्ना स्लिप फोरेवर अर्थात म सधैका लागि सुत्न चाहन्छु भन्ने शब्द लेखिएको एउटा फोटो राखेकी थिइन् । जसले पनि उनी तनावमा रहेको संकेत गर्दछ ।

उनको मृत्युपछि प्रहरीले उनका प्रेमी आशिष चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे सुधपुछ तथा कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

हेर्नुस् संसार छाड्नुअघि फेसबुकमा के-के गरिन मनिषाले ?

Manisha-statushbimal-comment-on-sisters-pic bimal-sister-facebook-1

 

प्रतिक्रिया