बुधबार, कार्तिक ५ २०७७
काठमाडौं १०:२९
वासिङटन डिसी 00:44

दमडीको दम !

इनेप्लिज २०७३ जेठ १३ गते १३:२२ मा प्रकाशित

sarbagya waagle

पैसा भन्ने बित्तिकै मूल्यमानमा रुपैयाँका सय खण्डको एक खण्ड मूल्यको तामा, पित्तल आलमोनियम आदी धातुको सिक्का त्यसैले यो नभए आधुनिक जिवनै बन्छ फिक्का । पैसोको मुल्य बढदै गएपछि नगद धन सम्पत्ती बन्छ, धनलाई दाम पनि भन्छ, दामवाट दमड़ी वन्छ । सम्पत्तिवाल भनेपछि त जमानाका जिम्वाल, मुखिया, डिट्ठा, व्यापारी ठूल्ठूला कर्मचारी, राणा, राजा रजौटा र उनका भाइ भारद्दार, जिम्दार हिजो र आजका पनि दमडीवाल । दाम धेरै हुनेलाई दमडीवाल भन्दा फरक परेन दमडियाँ दमको कुरै नअरम अमेरिकाँ डोनाल ट्रम दमडीकै दमले राष्ट्रपतिको चर्चाँ उमेदवारको पर्चा फाल्दै छन् । बिना दमडी राजनीतिको चमडी चल्दैन हजुर नेपालाँ पनि दमडीकै दमले टिकट पाउने, समानुपातिकाँ धाउने र हुनेखान्याँ नाम आउने कति छन छन् ।

विलग्रेटलाई संसारले चिन्ने र त्यस्तै बन्न दशैँको टीकाँ आसिर्वाद लिने पनि दमडीकै दमको कमाल भन्दा बवाल नहोला । दमड़ीयाँ दमको संसाराँ धरम,करम गरमसँग चलेकै छ हलचल भएकै छ, गोल्छा, टाटा, बिराला, चौधरी ग्रुप, दुगड, जे जे भनेपनि पैसाको कमालले नाम जमाएकै छन् सेठहरू रमाएकै छन । तिनै सेठलाई दमडिवाल भनिएको हो नि । दमडीको दमले पुरै देशको अर्थतन्त्राँ हलचलको मन्त्र लाग्छ । दमडीका दमको छु मन्तरले सरकारको जन्तर अन्तराँ अड्कन्छ । त्यसै देशाँ वम पड्कन्छ ? त्यसैले त दमड़ीया दमको सारा दुनियाँ प्रशांसा गरेर थाक्दैन यो नभए भरैको छाकै पाक्दैन । दमडीका अगाडि मानवता, साथीभाइ, इष्टमित्र, देश प्रेम, मात्रिप्रेम, पितृप्रेम, राष्ट्रियता, पद पावर, चाडवाड, रितिरिवाज, धर्म, कर्म, शर्म, लाज, विधा, विवेक, छरछिमेक, माया प्रेम कर्तव्य, सदाचार, सहिष्णुता, सदभाव, परिवार, दाजुभाइ, दिदिबहिनी, नातागोता, मातृभक्त्त र पितृभक्त्त सबै अशक्त्त भयो । दमडिको दमले सबै विभक्त्त भयो, दमडिको दमले गमखायो यो सबै हरायो ।

अरु त अरु हाम्रा धर्म शास्त्रा किताबाँ पनि दमडिका दमको कति हो कति प्रशंसै प्रशंसा छ । यहाँ गीताको भगवती स्तोत्राँ लेखिएको सानो दमडीको दम हेर्नोस् त ।
या देवी सर्वभुतेषु लक्ष्मी रुपेण सन्स्थिता ।
नमस्तस्यै नमस्तस्यै, नमस्तस्यै नमोनमः ।

माता भगवतीसँग लक्ष्मीको रुपमा भक्त्तले हेर्न चाहेका छन् । दमडीको दममा भक्त्तले मातासँग भक्त्ति गर्दै छन । जहाँ हेर्यो त्यहाँ दमडीको दम छ म कहाँको कुरा गरुँ त्यसैले दमडीको दमको आविश्कार जबदेखि भयो, मानवताको विनाश सुरु भयो । दमडीको दम्माँ के अहिले देशले गम खाँदैछ त ? देशले मात्रै हो र, देशका ठुला ठुला महारथिहरू, डेमोक्रयाटका ब्युरोक्रयाटहरू, मन्त्रालयका सचिव देखी गाबिसका सचिवसम्म, पुलिस प्रसासनका चिफदेखि तलसम्म, प्रशासनका प्रशासकदेखि ठूल्ठूला अफिसरसम्म, पार्टीका नेता देखी बलिया बांगा कार्यकर्तासम्मले दमडीया दममा गम खाँदै छन् ।

गाउँघरका त के कुरा गर्ने घर, परिवार, साना साना छोराछोरी बुढा भएका बाबा आमा, श्रीमती, दाजुभाइ, दिदी बहिनी, इष्टमित्र, गाउँघर सबै छोडेर, अरबदेखि कतारसम्म, मलेसियादेखि जापान हुँदै अमेरिका, क्यानाडासम्म दमडियाँ दमले गम ख्वाइ दियो । गाउँघराँ अवर पर्यो भने पनि दह्रो हात दिने देशका योध्दा सोध्दा पाइन्न । कसैले भन्दैन दमडी चाहिन्न ।

अरु त अरु सरुले मलाई भनिन् तिमी राम्रा छौ । तिम्रो परिवार राम्रो छ । तिम्रो र मेरो उमेर पनि पुग्छ तर तिम्रो बाउको सम्पत्ति छैन । त्यसैले मेरा बाबा आमाले तिमीलाई दिन्नन् । हेर्नोस् त विबाहको दम दमड़ीया भाउमा छ । पिठोको भाउ दमडियाँ छ । चामलको भाउ दमडियाँ छ । दालको भाउ दमडियाँ छ । नुनको भाउ दमडियाँ छ । सुनको भाउ दमडियाँ छ । गुनको भाउ दमडियाँ छ । भगवानको भाउ दमडियाँ छ । किन भन्नु होला जुन मन्दिर ठूलो तिनै भगवान ठूला । पुरेतको भाउ दमडियाँ छ । भाउ ठूलो भएपछि पुरेत ठूला भएनन् त ? जसको तलब धेरै त्यही कर्मचारी ठूलो । जुन व्यापारीले धेरै धोटाल गर्छ, कालो बजारी गर्छ, त्यही व्यापारीको दमडियाँ दम बढछ । जुन नेताको विदेशाँ धन छ स्वदेशाँ मन छ, त्यही नेता ठूलो, जुन अभिनेताको विदेशाँ घर छ स्वास्नी, छोराछोरी छन् व्यापार बिजनेस छ, स्वदेशाँ देखाउन फर्कन्छ उसको दमडीको दम ठूलो भएरै पो ठुलो अभिनेता कहलाउँछ ।
प्रोफेसरको दिमागाँ ज्ञान छैन चलेकै छ । कर्मचारीको दिमागाँ लगन शिलता छैन चलेकै छ । नेताको दिमागाँ नीति छैन चलेकै छ । प्रशाकको दिमागमा इमानदारिता छैन चलेकै छ । सचिवको दिमागाँ मन्त्रालय छैन चलेकै छ । सवै यसरी नै चल्छ किन नचल्नु दमडीको दमले चलाई दिन्छ । अभर परे दमडीले गÞम ख्वाइदिन्छ ।

पहिला नेताहरू देश सेवा गर्न राजनीतिमाँ लागे । धर्मभक्त्त, देशभक्त्त, सुक्रराज शास्त्री शहीद भए । कति नेताहरू वर्षौ वर्ष जेल गए । देश सेवा गर्न, विस्वार्थ आफैलाई देशका खातिर उत्सर्ग गर्न गए । आजकल समयसँगै माहौल बदलिएको छ पहिला खुद आफ्नो दमडीको जोहो गरौं अनी देश त चली रहन्छ । चलेकै छ, आ … वित्थाँ जोगी हुन कसले राजनीति गर्छ र ? अब देश सेवा… भाँडमा गए दमडियाँ दम भए सारा दुनियाँ रहे । देश सेवा गर्नेलाई एकाएक मनमा आयो । दमडीको दम देशको गम भन्दा ठूलो, दमडिको दम देश भक्त्ति भन्दा कडा । दमडीको दम मानवता भन्दा तगडा, दमडीको दमले समाजलाइ जित्छ । साहित्य दमडीको दमले नै चल्छ पैसा ज्ञान, पद पावर विवेक इष्ट्रमित्र, संसारलाई दमडीको दमले गम ख्वाइ दिन्छ भन्ने ठूलावडा दिमागाँ पर्यो जे गर्यो त्यसैले गर्यो ।

२००७ साल भन्दा अगाडि जब देशभक्त्त, धर्मभक्त्त, सुक्रराज शास्त्री, दशरथ चन्द्रले के आँफ्नो जीवनको आहुति दमडिया दमको मोलाँ लगाएका हुन् र ? के यिनले आँफ्नो देशको नुन नमक हरामको भाउमा दमडिको दाउमा गरेको भए आज उनिहरू कहाँ हुन्थे ? कृष्ण प्रसाद कोइराला, उनका पुत्र बीपी कोइराला, पुष्पलाल अधिकारी, कृष्ण प्रसाद भट्टराई, गणेशमान शिह, मनमोहन अधिकारी, भिमदत्त पन्त, गोवर्धन पोख्रेल जस्ताले दमडीको दमलाई लात मारेर देश र जनतालाई साथ दिएरै पो देशाँ, लोकतन्त्र आयो । थोडी त्यसताका ऊनीहरू दमडियाँ लत्याए त्यसैले त जनताले आज बोल्न पाए । हो लोकतन्त्र ल्याए र पो गणतंत्रसम्म भ्याए । पछि पछि पो दमडीको भाऊ आयो पहिला त इमानदारीले नै वृटिसलाई भगायो ।

आज दमड़ीको चमड़ी छानेर हेर्नुस राजनीतिमा राज्यको रौनकÞै फनक्कै घुमाउँदै छ । दमड़ीको दाम विभिन्न ठाम नापेर हेरम राजनीति नीति विहीन, शिक्षालाई विवेक विहीन, संस्कृतिलाई विभक्त, रीतिथिती व्यथिति चालचलनलाई लथालिङ्ग, दमड़ीकै दमले बुध्दत्वको घाँटीमा करौंतीले रेटेर सिधा, साधा नेपालीलाई घाँटी एकापट्टी र शरीर अर्कोंपट्टी बनाई दियो । त्यसैले आज प्रत्येक नेपाली विभाजित छन, विभक्त छन् र सम्पूर्ण नेपाली पूर्ण भएर पनि कसैलाई यसले पूर्ण हुन दिएन । दमड़ीको दमले गÞम ख्वायो… घर परिवार छुट्याइदियो… नेपाली नेपाली फुटाई दियो…राष्ट्रियता सबै लुटाईदियो..सोझा जनता कुटाइ दियो… नेतालाई कुदाई दियो … पजेरोमा हुइक्याई दियो…..!!!

प्रतिक्रिया