बुधबार, कार्तिक ३ २०७८
काठमाडौं १९:२२
वासिङटन डिसी 09:37

वाशिंगटन डिसीमा नेपाली खानाको प्रदर्शनी, अन्तराष्ट्रिय फुड फेस्टिभलमा नेपाल पनि सहभागी

इनेप्लिज २०७३ जेठ १३ गते ७:३९ मा प्रकाशित

16052624unnamed

मे २६ , २०१६ – अमेरिकाको राजधानी वाशिंगटन डिसीमा भएको अन्तराष्ट्रिय फुड फेस्टिभलमा वाशिंगटन डिसी स्थित नेपाली दुतावास पनि सहभागी भएको छ । डाउन टाउन वाशिंगटन डिसीको International Trade Center रोनाल्ड रेगन भवनमा हिजो मे २५ तारिखमा आयोजित अन्तराष्ट्रिय फुड फेस्टिभलमा नेपालको तर्फबाट घर एकबाबका लोकनाथ तिवारीले भाग लिएका थिए ।

वाशिंगटन डिसीमा भएका संसारैभरीका दुतावासहरुले भाग लिएको Embassy Chef Challenge नामको यो फुड फेस्टिभलमा लोकनाथ तिवारीले नेपाली खानाको  प्रदर्शनी गरेर र प्रदर्शंनीमा आएका २५  वटा मुलुकका विदेशीहरूलाई नेपाली खाना चखाई दिएका थिए । नेपाली दुतावासका ईकोनोमिक काऊन्सिलर कैलाश राज पोखरेलको नेत्रित्वोमा दुतावासको टिम फुड फेस्टिभलमा सहभागी थियो ।

 

16052640IMG_4557

प्रतिक्रिया