मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं ०३:५८
वासिङटन डिसी 18:13

भारतीय मिडियामा हेडलाइन- ‘नेपाली कांग्रेस के सहयोग से चलेगा मधेसियों का आन्दोलन’

इनेप्लिज २०७३ जेठ १२ गते १९:०१ मा प्रकाशित

SARGAM

काठमाडौं, १२ जेठ । नेपालका विवादित खबर प्राथमिकताका साथ छाप्ने भारतीय मिडियाहरुले नेपालको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आफ्नो हेडलाइन् बनाएका छन् । समाचारमा नेपाली कांग्रेसले मधेसीहरुको आन्दोलनमा सहयोग गर्ने उल्लेख छ । ‘नेपाली कांग्रेस के सहयोग से चलेगा मधेसियों का आन्दोलन’ भन्ने शीर्षकमा भारतीय च्यानल न्यूज २४ अनलाईनले प्राथमिकताका साथ छापेको छ । समाचारमा कांग्रेस नेता विमलेन्द्र निधीदेखि महेश आचार्यसम्म र उपेन्द्र यादवदेखि राजेन्द्र महतोको नाम उल्लेख गरिएको छ । समाचारमा विमलेन्द्र निधीले केपी ओली नेतृत्वको सरकारको कडा आलोचना गर्दै आफ्नो जिद्धीका अगाडि देशलाई भुलिरहेको आरोप लगाएका छन् । देश र जनताको हितलाई हेर्दै कांग्रेस अब छिट्टै मधेसी र जनजाति पार्टीहरुको मोर्चामा समावेश हुने कुरा पनि निधीले समाचारमा भनेका छन् । उनले नयाँ संविधानमा केही कुरा छुटेको र जसलाई संशोधन गरेर पुरा गर्नुपर्ने कुरा पनि भनेको उल्लेख छ । समाचारमा महेश आचार्यको भनाई राखेर हिजो बसेको सर्वदलीय बैठकमा कांग्रेसले प्रम ओलीलाई कडा जवाफ दिएको उल्लेख छ । त्यसैगरी मधेसी मोर्चा र संघीय गठबन्धनका विषयमा उपेन्द्र यादव र राजेन्द्र महतोबीच विवाद उत्पन्न भएको कुरा पनि उल्लेख गरिएको छ ।

indian-news

प्रतिक्रिया