रेग्मीको निधनमा शोक सभा

इनेप्लिज २०७३ जेठ १२ गते १४:२७ मा प्रकाशित

रत्ननगर १२ , जेष्ठ ।
नेकपा एमाले चितवनका जिल्ला कमिटी सदस्य विनोद रेग्मीको ममतामयी आमाको निधन भएको सातौ दिनको पुण्यतिथिमा बुधवार श्रद्धाञ्जली सभा गरिएको छ । रेग्मी निवास कालिका नगरपालिका ७ जमुनापुरमा नेकपा एमाले कालिका नगर कमिटिले जिल्ला सदस्य रेग्मीकी आमा यशोदादेवी रेग्मीको निधनको सातौ दिनमा श्रद्धाञ्जली सभा गरेको हो । सभामा नगर आयोजक कमिटीका अध्यक्ष भीष्मप्रसाद खनाल,क्षेत्रीय कमिटी सचिवालय सदस्य टिका रिजाल, कालिका नगर कमिटी सचिवालय सदस्य केशव लामा, लक्ष्मी नारायण चौलागाई, वडा नम्वर ७ का अध्यक्ष होमवहादुर गुरुङ,एकल महिला समुहकी अध्यक्ष राधिका अर्याल लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए । स्वर्गीय रेग्मीको छोरा नयाँ शक्ति अभियान चितवनका संयोजक रमेश रेग्मी र दिनेश रेग्मी पनि रहेका छन

प्रतिक्रिया