आइतबार, कार्तिक ७ २०७८
काठमाडौं ०३:२७
वासिङटन डिसी 17:42

ओलीलाई कांग्रेसले भन्यो- हामीले के सहयोग गर्नुपर्छ गर्छाै, तपाई अगाडि बढ्नुस्

इनेप्लिज २०७३ जेठ ११ गते २२:४८ मा प्रकाशित

1923937_77979695346_558_n

            सञ्चारकर्मीसँग कांग्रेस नेता महेश आचार्य

काठमाडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारलाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य महेश आचार्यले देशलाई विकास र निकाश दिने सरकारको कदममा कांग्रेसको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका हुन् ।

बैठकपछि कांग्रेस नेता महेश आचार्यले भने- ‘मधेसको समस्या समाधानका लागि असन्तुष्ट पक्षसँग अनौपचारिक तवरबाट कुरा गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गर्यौ । त्यसमा हामीले के सहयोग गर्नुपर्छ गर्छाै भनेका छौं । मुलुकको विकास र समस्या समाधानको फेजमा सरकारलाई कांग्रेसको पूर्ण साथ, समर्थन र सहयोग हुन्छ ।’

प्रतिक्रिया