बुधबार, कार्तिक १२ २०७७
काठमाडौं १६:४९
वासिङटन डिसी 07:04

हेरिटेज नेपाल फ़ेस्टिवल तथा राजदूत कप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी कार्य सम्पन्न : -ईनेपालीज, भर्जिनिया

इनेप्लिज २०७३ जेठ १० गते १४:३३ मा प्रकाशित

हेरिटेज नेपाल फ़ेस्टिवल तयारी समुह

अमेरिका नेपाल सोसाइटी (ANS) ले यही मे महिनाको २८ र २९ तारिखका लागी भर्जिनियामा आयोजना गरेको हेरिटेज नेपाल फ़ेस्टिवल तथा राजदूत कप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी सम्पन भएको जनाएको छ! ANS ले सातौँ पटक यसरी राजदूत कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो भने पहिलो पटक युवाहरुको उत्साहजनक सहभागीतामा हेरिटेज नेपाल फ़ेस्टिवल अन्तर्गत नेपाली भाषा, कला र सस्कृती झल्काउने सॉस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो!

सातौँ राजदूत कप फुटबल प्रतियोगिता का लागी मेरिल्यान्ड , वाशिङ्टन डिसी , न्युजेर्सी , न्युयोर्क , पेल्सल्भेनिया र स्थानीय भर्जिनिया का टीमहरु को सहभागिता रहने छ । सम्पुर्ण खेलाडी र सहभागी टिमहरु को अन्तिम नामावली पुन प्रकासन गरिने समेत आयोजकले जानकारी दिएका छन ।

दुई दिने यो प्रतियोगिता पछि ANS ले साँझ नै नेपाली भाषा, कला र सस्कृतीको संरक्षण र सम्बर्दन गर्दै युवा सन्ततीहरुलाई एकै थलोमा आबद्द गरी सॉस्कृतिक कार्यक्रमको आयोजना गरे अनुरुप सम्पुर्ण कार्यक्रमको तयारी सकिएकोले मे २८ तारिख शनिवार साँझ ठिक ५ बजे हेरन्डन हाईस्कुलमा कार्यक्रम गरिने जनाएको छ!

प्राय नेपाली भाषीहरूले आयोजना गर्ने कार्यक्रमहरूमा दोश्रो पुस्ताका युवाहरूको सहभागीता नदेखिएकोले यस पटक भने उनीहरू कै व्यापक सहभागीतामा हेरिटेज नेपाल उत्सव मनाई स्थानीय प्रतिभाशाली युवाहरूलाई प्रोत्साहन गर्न लागीएको व्यहोरा कार्यक्रमका संयोजक सुनिल मणि दाहालले जानकारी गराउनु भयो! उहॉले दिनु भएको जानकारी अनुसार यस कार्यक्रममा क्यालिफोर्निया बाट निक्कि कार्की, टेक्सासबाट आयुष रिमाल, भर्जिनियाका स्थानिय विनय पौडेल, प्रक्रिती देउजा, अश्विनी पोखरेल.दीपिका जोशी, सोफिया बराल लगायत अन्य प्रतिभाषाली युवाहरुको जोडदार प्रस्तुति हुनेछ! यस कार्यक्रममा नेपाली सस्कृती सम्ब न्धी फिउजन ब्यान्डको समेत प्रस्तुती रहने छ ।

अमेरिकामा यसरी नेपाली भाषी संस्थाहरूले युवाहरूलाई प्रतक्ष्य सहभागी गराई आयोजना गरीएको यस हेरिटेज नेपाल उत्सव कार्यक्रम नै अमेरिकाको पहिलो भएको ठानीएको छ! यो महोत्सवमा नेपाली खाना,संगीत र नेपाली पहिचान झल्काउने सामाग्रीहरु राखिनेछ | अमेरिकाले हरेक वर्षको मे महिनालाई एसियन,प्यासिफिक अमेरिकन हेरिटेज महिनाको रुपमा मनाउने गर्दछ |

आयोजकका अनुसार्, यस कार्यक्रमका लागी बिभिन्न राज्यहरु बाट समेत उल्लेखनीय युबाहरु आउने जानकारी प्राप्त भएकोले कार्यक्रमका लागी साँझ ४:३० बजे नै हेरन्डन हाईस्कुलमा आईपुग्न सम्पुर्ण सहभागी स्थानिय समुदायहरु लाई अनुरोध गरेको छ ।

फोटो: हेरिटेज नेपाल फेस्टिबल तयारी समिती , अमेरिका नेपाल सोसाइटी (ANS)

प्रतिक्रिया