आइतबार, कार्तिक ७ २०७८
काठमाडौं ०२:४५
वासिङटन डिसी 17:00

नेपाल डे परेडका सहभागी सम्मानित

इनेप्लिज २०७३ जेठ १० गते ७:०६ मा प्रकाशित

Felicitate to Panchebaja Toli (1)

बाल्टिमोर,अमेरिका,मे २२ | न्यूयोर्कमा सम्पन्न ऐतिहासिक नेपाल डे परेडमा सहभागी बाल्टिमोरका नेपाली समुदायका सदस्यहरुलाई सम्मान गरिएको छ | परेडमा सहभागी भएर बाल्टिमोर फर्किएको टोलीका सदस्यहरुलाई आइतवार साँझ ग्लोब नेपाल डट कमको समन्वयमा यसरी सम्मान गरिएको हो | बाल्टिमोर नेपाली समुदायको प्रतिनिधित्व गर्दै परेडमा पहिलोपटक पन्चेबाजा बजाउन सहभागी भएको टोलीका सदस्यहरुलाई प्रोत्साहनका लागि सम्मान गरिएको हो | टोलीले न्यूयोर्क परेडमा पन्चेबाजा बजाएको थियो,जसलाई परेडका सहभागीहरुले अत्यधिक मन पराएका थिए | परेडमा सहभागिताका लागि बाल्टिमोरबाट चालिस जनाको यो टोली बस रिजर्भ गरेर न्यूयोर्क गएको थियो | स्थानीय म्याग्दी समाज,अमेरिकाको ब्यानरमा टोली परेडमा सहभागी भएको थियो |

Felicitate to Panchebaja Toli (3)

पन्चेबाजा बजाउने टोलीमा टोली प्रमुख दलबहादुर रोकासहित सचिन पुन,दान रोका,रमेश केसी,हेम छन्त्याल,जग पुन र अमृत रामदान थिए | यसैगरी टोलीको व्यवस्थापनमा म्याग्दी समाजका अध्यक्ष रामप्रकाश भण्डारी,उपाध्यक्ष अमर छन्त्याल,हिक्मत श्रेष्ठ,समाजका संस्थापक अध्यक्ष पारसमणी श्रेष्ठ र समाजका सल्लाहकार एवं नासो कम्युनिटीका अध्यक्ष गोपाल विश्वकर्माले समन्वय गरेका थिए |

Felicitate to Panchebaja Toli (45)

उहाँहरुसहित चालिस जनाको टोलीको बस बाल्टिमोर फर्किए लगत्तै ग्लोब नेपाल डट कमका तर्फबाट पन्चेबाजा बजाउने टोलीका सदस्यहरु र व्यवस्थापकहरुलाई खादा लगाएर सम्मान र स्वागत गरिएको थियो | उहाँहरुलाई बाल्टिमोर नेपाली समुदायका अग्रज सम्मानित व्यक्तित्वद्वय डाक्टर श्याम कार्की र डाक्टर भीम प्रकाश कट्टेलले खादा लगाइदिनु भएको थियो |

Felicitate to Panchebaja Toli (47)

सोही अवसरमा टोली प्रम्मुखका तर्फबाट म्याग्दी समाजका अध्यक्ष रामप्रकाश भण्डारीले सबैको साथ र सहयोगले नेपाल डे परेडमा बाल्टिमोरको तर्फबाट पन्चेबाजा प्रस्तुत गर्दा सहभागीहरुले सह्राहना गरेको बताउनु भयो | नेपाल र नेपाली पहिचानका लागि यो परेड निकै महत्वपूर्ण रहेको भन्दै उहाँले आफ्नो घर फर्किएका पन्चेबाजा टोलीका सहभागीलाई यसरी स्वागत र सम्मान गरेर हौसला प्रदान गरेको भन्दै ग्लोब नेपाल डट कमका संस्थापक,प्रधान सम्पादक गौतम दाहालसहित सम्पूर्ण ग्लोब नेपाल टीम, बाल्टिमोर समाजका अग्रज व्यक्तित्वद्वय डाक्टर कार्की र डाक्टर कट्टेललाई धन्यवाद व्यक्त गर्नु भएको थियो | बाल्टिमोरबाट नेपाल डे परेडमा सहभागी हुन यो टोलीमा साना बालबालिकादेखि ८० वर्षीया बयोवृद्ध महिला समेत न्यूयोर्क पुग्नु भएको थियो |

Felicitate to Panchebaja Toli (50)

नासो पनि सहभागी

यसैगरी यो परेडमा नासो कम्युनिटी,अमेरिकाको तर्फबाट पनि एक टोलीले प्रतिनिधित्व गरेको छ | नासोका अध्यक्ष गोपाल विश्वकर्माको नेतृत्वमा गएको टोलीमा रविलाल सुनार,खेमराज रामदाम,विष्णुमाया परियार, कृष्णसिंह रामदाम,रायन लामगादे,करण सुनार,पूर्ण विश्वकर्मा सहित अन्य सदस्यहरु सहभागी थिए | परेडको मूख्य आयोजक रहेको नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सदस्य समेत रहेका नासोका अध्यक्ष विश्वकर्मासमतको पहलमा बाल्टिमोरको पन्चेबाजा टोली र नासो कम्युनिटीको टोली न्यूयोर्क पुगेको थियो |

प्रतिक्रिया