“नेपाल पर्यटनको लागि सुरक्षित छ” भन्ने नाराका साथ् स्विटजरल्याण्डमा २५६० औ बुद्ध जयन्ती मनाइयो

इनेप्लिज २०७३ जेठ ९ गते ११:१७ मा प्रकाशित

nirajan 1

शनिवार २१ मे २०१६ का दिन २५६० औ बुद्ध जयन्तीको उपलक्ष्यमा “बुद्धको जन्मस्थल नेपाल” , “बिश्वको शीर्ष/अग्लो हिमाल सगरमाथा” भएको देश,”नेपाल पर्यटनको लागि सुरक्षित छ” भन्ने नाराका साथ् नेपाल र नेपालीलाई बिश्व सामु चिनाउने हेतुले स्विटजरल्याण्डको राजधानी बर्नमा गरिएको “बुद्ध जयन्ती” कार्यक्रम सफलताका साथ् सम्पन्न भएको छ ।

यो कार्यक्रम कुनै धर्मको प्रचार प्रसार नभई नेपालको पहिचान बिश्व सामु गराउन र महाभूकम्प पश्चात नेपालको पर्यटकीय क्षेत्रमा पर्न गएको असरलाइ विदेशमा बसोवास गर्ने हामी नेपालीहरुले `नेपाल पर्यटनको लागि सुरक्षित छ` भनेर बिदेशीहरुलाइ जानकारी गराउन रहेको आयोजक आङ तेन्जिङ शेर्पा र कमल भट्टले बताएका थिय ।

हामी सम्पूर्ण नेपाली एक बनी बुद्धको बिचारहरु अनुशरण गर्दै देश र पर्यटकीय क्षेत्रमा टेवा पुर्याउन बिश्व सामु अगाडी बढौं । देशको पर्यटकीय क्षेत्रमा सहयोग पुर्याउन “नेपाल पर्यटनको लागि सुरक्षित छ” भन्दै बिश्वमा रहेका सम्पूर्ण नेपालीहरुलाई तेन्जिङ शेर्पा र कमल भट्टले आह्वान गरेका छन् । कार्यक्रममा स्विटजरल्याण्डका लागि नेपाली राजदुत दिपक धितालले आफु उपस्थित हुन नसकेको भन्दै पठाएको शुभकामना संदेश आयोजक कमल भट्टले पढेर सुनाउनुभएको थियो ।

nirajan 2

उक्त २५६० औ बुद्ध जयन्ती स्विटजरल्याण्डको राजधानी बर्नमा रहेको ऐतिहासिक संग्रहालय अगाडी विश्व टेलीग्राफ संघको स्मारक स्थानमा भएको थियो । बुद्धका फोटा,विभिन्न ब्यानर र नेपाली झण्डा टाँगी नेपाली लामाहरुका साथ् पुजा कार्यक्रम सुरु गरिएको थियो । उपस्थित सबैलाई चिया र प्रशादको व्यवस्था गरि पहिलो चरणको कार्यक्रम समापन गर्दै दोश्रो चरणमा सम्पूर्ण उपस्थित नेपाली लगाएत नेपाल प्रेमी बिदेशीहरुले “बुद्धको जन्मस्थल नेपाल” , “बिश्वको अग्लो हिमाल सगरमाथा” , “नेपाल पर्यटनको लागि सुरक्षित छ” भन्ने नारा रहेको सेतो टिसर्ट निशुल्क बाँडिएको लगाई उक्त नाराका ब्यानरहरु सहित स्विटजरल्याण्डको संसद भवन हुँदै र बजार परिक्रमण गर्दै ट्रेन स्टेशन अगाडी भेला भइ कार्यक्रम समापन गरिएको थियो ।

कार्यक्रममा स्विसमा बसोवास गर्ने नेपाली ,स्विस प्रेमी नेपाली लगाएत स्विसमा रहेका विभिन्न संघ संस्था,समाजका प्रतिनिधिहरुको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रम स्विटजरल्याण्डको राजधानी बर्नमा रहेको संसद भवन अगाडी भनिएता पनि कारण वस कार्यक्रम स्थान परिवर्तन गर्नाले केहि साथीहरु उपस्थित हुन नसकेका कारण आयोजकहरुले आफ्नो कमजोरी स्विकार गर्दै क्षमा मागेका थिय ।

नेपालको पर्यटन प्रबर्धनको लागि यस्ता कार्यक्रमहरु स्विटजरल्याण्डको कुना कुनामा पुग्ने क्रममा आउँदो ३ सेप्टेम्बर शनिवार २०१६ का दिन स्विटजरल्याण्डको जुरिचमा “भूकम्प पछि नेपाल पर्यटनको स्थिति” बारे अन्तरक्रिया कार्यक्रम गरिने आयोजकले बताएका छन् । नेपालको पर्यटन प्रबर्धनको लागि आयोजक आङ तेन्जिङ शेर्पा र कमल भट्टले “स्नो फन” जस्ता रोचक कार्यक्रम पनि गर्दै आएका छन् । आयोजकका अनुसार सेप्टेम्बर भित्रमा नेपालको पर्यटन प्रबर्धनको लागि अरु केहि रोचक कार्यक्रम पनि आयोजना गर्न सकिने छ । यदी भएमा स्विटजरल्याण्डमा भएका मिडिया मार्फत जानकारी गराइने पनि बताएका छन् ।

nirajan 3

nirajan 4

प्रतिक्रिया