आइतबार, कार्तिक १६ २०७७
काठमाडौं ०४:२१
वासिङटन डिसी 18:36

अमेरिकामा कराते खेलाडी ठकुरी द्वारा नौलो खतरनाक ‘ब्रेकिङ्ग ‘ गर्दै स्वर्ण पदक हात पारे

इनेप्लिज २०७३ जेठ ९ गते २:०४ मा प्रकाशित

 

IMG_0343डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका कराते खेलाडी उज्ज्वल ठकुरीले म्यारील्याण्ड भिक्ट्री कप कराते प्रतियोगितामा नौलो खतरनाक ‘ब्रेकिङ्ग ‘प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् l

ठकुरीले आज सम्म कसैले नगरेको नौलो प्रस्तुति गरि नया किर्तिमान गर्ने जानकारी गराए पछि म्यारील्याण्ड भिक्ट्री कप कराते च्याम्पन्शिपमा उनलाई आयोजकले प्रदर्शन गर्न आमन्त्रण गरेका थिए l उनलाई यो अद्वितीय खतरनाक किर्तिमान कायम गर्न ३ बर्ष लागेको छ l उनले बिगत ३ बर्ष देखि क्रमस ५ ,१० ,१५ पाउण्ड दातले उचाल्ने प्रयास गर्दै सम्पन्न प्रतियोगितामा अन्ततगत्वा ४० पाउण्ड दाँतले उचाली दुवै खुट्टा फाडेर अगाडी राखिएका दुई वटा काठ तोड्न सफल भएका छन् l

IMG_0334यसै गरि उनले दुवै खुट्टा फाडेर एक हातमा काठ लिदै नजदिकबाट अर्को हात द्वारा तोड्दै नया ईतिहास कायम गरेका छन् l यस्तो तोड्ने काममा अर्का व्यक्तिले समात्ने गरिन्छ भने ठकुरीले आफैले एउटा हातले समातेर एक इन्चका काठलाई नजदिक बाट कसैको सहारा बिना तोडेका थिए l यस्ता किसिमका नौलो खतरनाक ब्रेकिङ्ग गुगल तथा युटूबमा कसैले गर्न नसको र कतै फेला पार्न नसकेको ठकुरीको दाबि छ l अमेरिकामा मात्र हैन कि बिश्व मै यस्तो कहिँ र कसैले नगरेको कराते खेलाडी ठकुरीले थाहा पाए पछि उन्ले यो प्रयास गरेका हुन् l

IMG_0328ठकुरीले नौलो किर्तिमान बनाउन अगाडी नेपालको झन्डा घाटीमा झुन्ड्याएर नौलो खतरनाक काठ तोडेका थिए l उन्ले नेपाल र नेपालीको नाम र छबी उच्च बनाउन सफल भएका छन् l ठकुरीले प्रस्तुत गर्नु अगाडी आयोजकले यस्तो कहिले नदेखेकोले घोषणा गर्दै सबैलाई यस्तो घरमा अभ्यास नगर्न आग्रह गर्दै ठकुरीको प्रशंसा गरेका थिए l

ठकुरीले अहिले सम्म ९ स्वर्ण ४ रजत र ४ कास्य जित्न सफल भएका छन् l जस मध्ये ७ वटा स्वर्ण पदक करातेमा ,एउटा तेक्वान्दोमा र एउटा करातेको खतरनाक ब्रेकिङ्ग (तोड्ने )मा स्वर्ण पदक प्राप्त गरेका छन् l आगामी दिनमा अन्य स्थानमा हुने प्रतियोगितामा दाँतले ५० पाउण्ड उचाली यस्तै किर्तिमान राख्ने र नेपालको नाम उच्च राख्ने चाहना रहेकोले पूर्व अभ्यास गरि रहेको ठकुरीले बताए l

IMG_0319 IMG_0309 IMG_0308 IMG_0292 uIMG_0336 IMG_0346

प्रतिक्रिया