आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १८:५४
वासिङटन डिसी 09:09

अमेरिकाको बोस्टनमा राज्यमन्त्री कुन्ती कुमारी शाहीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ जेठ ७ गते १३:०६ मा प्रकाशित

image1

संघिय मामिला तथा स्थानिय बिकाश राज्यमन्त्री कुन्ती कुमारी शाही को प्रमुख आतिथ्यमा प्रवासी नेपाली एकता समाज बोस्टन च्याप्टर (पानस बोस्टन) ले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम लाइ सम्बोधन गर्दै राज्यमन्त्री शाहीले केहि असन्तुस्टी हरु बाँकी रहे पनि नेपालको नया संबिधानले सबैलाइ आ-आफ्ना कुरा राख्न संबैधानिक अधिकार दिएको बताउनु भएको छ । सबै प्रकारको अधिकार प्राप्ति र आफ्ना असन्तुष्टि राख्नको लागि संबैधानिक र प्रजातान्त्रिक प्रक्रिया अबलम्बन गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।

देश अघोषित नाकाबन्धी र भुकम्पबाट थला परिरहेको बेला पनि आम हामी नेपालीहरु बिचको सामाजिक संस्कार, राष्ट्रियता प्रतिको झुकाब ले नै त्यस्तो संकट बाट सबै मुक्त भएको बताउदै शाहीले बर्तमान सरकार ले आगामी दिन मा जनता र राष्ट्र को हितमा काम गरेर देखाउने बताउनु भयो ।

बिदेशमा रहेका नेपालीहरुले संकटको बेला पनि देशमा गरेको सहयोग को प्रसंशा जति गरे पनि पुग्दैन तर नेपाल सरकार यस्तो महान कार्यलाई धन्यबाद दिदै आगामी दिनमा प्रवासी नेपालीले आफ्नो शिप क्षमता र पुंजी लाइ देशको बिकाश मा लगाउनु पर्ने बिचार ब्यक्त गर्नुभयो ।

सोहि कार्यक्रम मा बोल्दै राप्रपा नेपाल क केन्द्रिय सदस्य प्रेम कुमार श्रेष्ठ ले राष्ट्र राष्ट्रियता र हिन्दु धर्म को पहिचान संरक्षण गर्नु आज नेपालि को पहिलो कर्तब्य रहेको बताउदै बिदेश मा बस्ने सबै नेपालि ले आ आफ्नो ठाउँ बाट दवाब दिनुपर्ने बताउनु भयो ।

पानसका केन्द्रिय संयोजक लोकनाथ तिवारी ले देशमा बिकाश गर्ने हो र प्रवासबाट केही टेवा पुराउने हो भने आफ्नो शिप र प्रबिधि लाइ देशमा भित्राउनु पर्ने आजको आवश्यकता हो भन्दै नेपाल सरकारलाई यसबारे गम्भीर हुनुपर्ने सुझाब दिनुभयो ।

पानस बोस्टन च्याप्टर का अध्यक्ष राजेन्द्र शेरचन को सभापतित्व मा सम्पन्न भएको उक्त कार्यक्रम मा बोस्टन मा क्रियाशील स्थानिय संघ संस्थाका प्रतिनिधि हरुले राज्यमन्त्री शाहीसंग देशको बर्तमान राजनीति अवस्था र परिस्थिबारे सरकारको धारणा जान्न चाहेको र छिट्टै संबिधान कार्वान्यन गरेर बिकाशको गतिमा आगाडी बढाउन सुझाब दिएका थिए ।

कार्यक्रम मा ग्रेटर बोस्टन,एनआरएन बोस्टन, एन डब्लु जि एन,  जनसम्पर्क बोस्टन लगायत अन्य संघ सस्था का प्रतिनिधि को उपस्थिति रहेको थियो ।

कार्यक्रममा पानस बोस्टन च्याप्टरका सल्लाहकार प्रेम चौलागाईं ले स्वागत मन्तब्य राख्नुभएको थियो भने सचिब रन्जन थापा ले कार्यक्रम को संचालन गर्नुभएको थियो । पानस बोस्टनका उपाध्यक्ष खडकसिंह भट्टचन, महासचिव निर्मला शेरचन ,कोषाध्यक्ष जीवन श्रेष्ठ सहित कृष्ण महत ले कार्यक्रम को ब्यबस्थापन तथा राजाराम मल्ल सन्दिप बस्नेत र आदित्य चौलागाईंले स्वयं सेवक को रुपमा अन्तरक्रिया कार्यक्रम लाई सफल बनाउनु भएको थियो ।

समापन भाषण गर्दै अध्यक्ष राजेन्द्र शेरचन ले राज्यमन्त्री को बोस्टन भ्रमणले आफुहरुलाई उत्शाहित तुल्याएको बताउदै आगामी दिनहरुमा पनिं बोस्टन क्षेत्रमा नेपालीहरु को एकता झन् मजबुत हुदैजाने बताउनुभयो ।

अध्यक्ष शेरचनले कार्यक्रम सफल बनाउने सबै लाइ धन्यवाद दिदै बिशेष गरि हिमालयन बिस्ट्रो नेपाली रेस्टुरेन्ट, मोमो करी नेपाली रेस्टुरेन्ट र श्री बम्बे मार्केट नेपाली स्टोर लाइ कार्यक्रम मा सहयोग गरेको मा र पुरै कार्यक्रम फोटो र भिडियो मा कैद गरी सबै माझ पुराएकोमा सल्लाहकार किरण खडका लगायत सम्पुर्ण उपस्थित मा आभार ब्यक्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया