शनिबार, असोज ३० २०७८
काठमाडौं २३:२४
वासिङटन डिसी 13:39

युवा गैर सरकारी महासंघको अध्यक्षमा गिरी निर्वाचित महासंघ र युवा परिषद संगै अगाडी बढ्नु पर्छ : युवा मन्त्री

इनेप्लिज २०७३ जेठ ६ गते ३:०४ मा प्रकाशित

DSCN7663

काठमाण्डौ, समृद्धिका लागि युवा नेतृत्व भन्ने मुल नाराका साथ युवा गैर सरकारी संस्था महासंघको तेस्रो राष्ट्रिय महाअधिवेशन काठमाण्डौमा सम्पन्न भएको छ । ७५ वटै जिल्लावाट आएका महाधिवेशनप्रतिनिधीहरुको मतदानमा कडा प्रतिष्पर्धा विच नारायण गिरी अध्यक्षमा निर्वाचित भएका छन् । महेन्द्र थापा र प्रमोद घिमिरे समेत अध्यक्ष पदका प्रत्यासी रहेका थिए ।

कालिकोट जिल्ला बदालकोट १ बरातुमामा जन्मेका गिरी गैर सरकारी क्षेत्रमा विगत एक दशक देखी क्रियाहिल रहेका छन् । युवा संचार उद्यमी समेत रकेका गिरीले महासंघको तर्फवाट २०६८ सालमा मुगुको रारा तालमा कर्नालीका युवा सम्मेलन आयोजना गरी कर्नाली युवा सम्मेलनको घोषणा पत्र युवा मन्त्रालय मार्फत कर्नालीका युवाको विशेष पहुचको माग गर्दै सिंहदरवारको ध्यानाकर्षणमा समेत अगुवाई गरेका थिए । जिल्ला देखी केन्द्र सम्म युवामैत्री देश बनाउनु पर्छ त्यस पछि मात्रै युवाले नयाँ नेपाल बनाउन सक्छन् भन्ने उनले परिवर्तनको लागि सवै नेपालीले आचरणमा सुधार गरे त्यसै पनि समाजमा सुधार हुने र बेरोजगार युवाहरुलाई लक्षित गरेर राज्यले प्रभावकारी कार्यक्रम बनाएर कार्यन्वयन नगरुन्जेल युवा शक्ति पलायन मात्र होईन ठुलो समस्याकोरुपमा रहनेभएकाले सरकार युवाका मुद्धामा गंभिर हुनु पर्ने बताछन् ।

DSCN7715 (1)

नव निर्वाचित महासंघको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, उपाध्यक्षमा रमेश काउछा र भावना शाही निविरोध निर्वाचित भएका छन् । महासचिवमा सन्दिप राई, कोषाध्यक्षमा प्रदिप आर्चाय निर्वाचित भएका छन् ।
त्यसै गरी सचिव तथा प्रदेश ईंन्चाजमा प्रदेश १ मा सुजन बराल, २ मा केशव घिमिरे ३ मा विश्व केसी, ४ अमृत देवकोटा, ५ अरुण पन्थी ६ मा टोमा लामा र ७ मा सुरेश पन्त निर्वाचित भएका छन् । प्रत्येक प्रदेशबाट १÷१ जना खुल्लाबाट ५ समावेशी तर्फ ४ गरी २४ जना सदस्य निर्वाचित भएका छन् ।

महाधिवेशनमा ७५ जिल्लाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नारायण गिरीको नेतृत्वमा नयाँ निर्वाचित कार्य समितिले उपत्याकाका जिल्ला समितिको समेतको सहभागितामा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डललाई मंगलवार भेटर ज्ञापन पत्र समेत पेश गरेको छ । सो टोलीलाई सम्वोधन गर्दै मन्त्री मण्डलले युवा राष्ट्रको मेरुदण्ड रहेकाले मन्त्रालयको तर्फवाट सक्दो समन्वय गर्ने बताउदै युवाहरुको छाता संगठन यस महासंघले सवैलाई समेट्दै, युवा परिषदसंग मिलेर काम गर्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया