पोखराका गुरुङको शव जापानको जङ्गलमा भेटियो

इनेप्लिज २०७३ जेठ ५ गते १२:५० मा प्रकाशित

DSC08101

कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको छ ।

मृतकको हुलिया र पारिवारिक प्रमाणलगायतका आधारमा लामो अनुसन्धानपछि चिवा प्रहरीले आइतबार मात्रै पोखराका गुरुङ भएको पुष्टि गरेको हो ।

ढिलो गरी प्राप्त समाचारअनुसार तीन साताअघिदेखि सम्पर्कविहीन भएका गुरुङको शव मृत्यु भई सडेर सनाखत गर्न नसकिने अवस्थामा गत बिहीबार भेटिएको थियो ।

प्रहरीका अनुसार गुरुङको घा“टीमा गहिरो दाग देखिएपछि डिएनए परीक्षण गरिएको थियो । डिएनए र परीक्षण रिर्पाेटबाट आत्महत्या गरेको पुष्टि पछि शव आफन्तले जिम्मा लिएको प्रहरीले जनाएको छ ।

गुरुङले के कारणले आत्महत्या गरे भन्नेबारे खुल्न सकेको छैन । दुई छोराछोरी र श्रीमती रहेका गुरुङ हालैमात्र जापान आएकी श्रीमतीसँगै इवाराकीमा बस्दै आएका थिए । छोरा र छोरी पोखरा घरमै रहेको बताइएको छ ।

तमुधी जापानका पूर्वअध्यक्ष भीम गुरुङले मृतक गुरुङको शव मे २२ तारिक आइतबार बिहान ११ बजे जापानकै स्थानीय खासिवाको फुनेरल टान्सपोटेसन शव गृहमा अन्त्येष्टि गरिने जानकारी दिएका छन् । रासस

प्रतिक्रिया