आइतबार, कार्तिक ७ २०७८
काठमाडौं ०१:४०
वासिङटन डिसी 15:55

पाकिस्तानले कश्मीर कब्जा गर्यो ! अमेरिकासँग भारतले माग्यो सहयोग

इनेप्लिज २०७३ जेठ ५ गते १२:२७ मा प्रकाशित

DSC08101

काठमाडौं, ५ जेठ । पाकिस्तानले भारतसँग सीमा जोडिएको कश्मीर प्रान्तका केही भाग कब्जामा लिएको छ । ती भागहरुमा मानवअधिकार हनन भएको भन्दै भारतको एक समूह अमेरिकासँग सहयोग माग्न न्यूयोर्क पुगेको छ । पाकिस्तानले गिलगित–बल्तिस्तान क्षेत्रलाई जबरजस्ती कब्जा गरेको भन्दै यस क्षेत्रमा उसको राज समाप्त पार्नुपर्ने माग भारतको समूहले अमेरिकासँग गरेको हो । भारतीय समूह सेंगा सेरिंगले क्यापिटल हिलमा अमेरिकी सांसदहरुसँग भेट गरी गिलगित–बल्तिस्तान क्षेत्रमा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको भन्दै पाकिस्तानको राज समाप्त पार्न अमेरिकाले भुमिका निभाउनुपर्ने माग गरेका छन् ।

यो समूहले पाकिस्तानले कब्जा गरेको कश्मीरको गिलगित–बल्तिस्तान र पीओके क्षेत्र फिर्ता गर्न पनि अमेरिकाको साथ चाहिने भनेको छ । आफ्नो रिपोर्टमा यो समूहले भनेको छ– ‘पाकिस्तानले कब्जामा लिएका क्षेत्रका जनताले आफ्नो भुमि फिर्ता हुनुपर्ने माग गरिरहेका छन् । पाक र चिनियाँ हस्तक्षेप रोक्नुपर्ने माग गरिरहेका छन् । तर, उनीहरुको अधिकारको उल्लंघन गर्दै पाक र चीनले जबरजस्ती आफ्नो गतिविधि बढाइरहेका छन् । यसलाई रोक्न अमेरिकाबाट ठोस पहल होस् ।’ यो कार्यक्रममा अमेरिकाका वरिष्ठ सांसदहरु उपस्थित थिए । जसमा सिनेटर जन कार्निन, जन मैक्केन, केन, मार्क वार्नर लगायत थिए । यसका अलावा अमेरिकी प्रतिनिधि सभाका सदस्य बारबरा काम्सटक, गेरी कानोली, शीला जैक्सन लगायत पनि थिए । (भारतीय पत्रिका नवभारत टाइम्सको सहयोगमा)

प्रतिक्रिया