अमरपन्क्षीले झुमायो काठमाडौलाई

इनेप्लिज २०७३ जेठ ४ गते १७:५३ मा प्रकाशित

13-2

काठमाडौ । सैनिक श्रीमति संघले भूकम्पले भत्किएका संरचनाको पुनर्निर्माणका लागि आयोजना गरेको अमरपन्क्षी नामक कार्यक्रममा बलिउड र कलिउडका सुन्दरीहरुले काठमाडौ बासीलाई झुमाएका छन ।
बलिउडका चर्चित अभिनेत्रीद्वय सोनाक्षी सिन्हा र मलाइका अरोरा खानसहित नेपाली अभिनेत्रीहरू रेखा थापा, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, सुष्मा कार्की, निशा अधिकारीलगायतले विभिन्न गीतमा नृत्य गरेर दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
साँझ साढे ६ बजे सुरु भएको कार्यक्रमको सुरुवातमा नेपाल आर्मी ब्यान्डले स्वागत संगीत प्रस्तुत गरेको थियो । गो गो गोविन्दा गीतसँगै स्टेजमा ‘इन्ट्री’ मारेकीसोनाक्षीले गन्दी बात, साडीका फल्स सालगायतका चर्चित गीतमा डान्स गरिन् । मलाइकाले भने अनारकली डिस्को चली, मुन्नी बदनाम हुई, फेभिकोल से, यार नामिला, चिटिया कलैया बेलगायतका आइटम गीतमा कम्मर मर्काइन् ।

sona3

प्रतिक्रिया