शनिबार, असोज ३० २०७८
काठमाडौं ०७:३७
वासिङटन डिसी 21:52

भारतीय दादागिरीविरुद्ध पाकिस्तान चाल्यो कडा कदम, यूएनमै देखाउने

इनेप्लिज २०७३ जेठ ४ गते १७:४५ मा प्रकाशित

DSC00025-800x600

काठमाडौं, ४ जेठ । भारतीय हस्तक्षेपविरुद्ध पाकिस्तानले एकपटक फेरि कडा कदम चालेको छ । पाकिस्तानी विदेश विभागका अनुसार भारतले विवादित कश्मीर क्षेत्रलाई आफ्नो नक्सामा राखेर कानून बनाउनका लागि संसदमा प्रस्ताव गरेपछि उक्त विलविरुद्ध पाकिस्तान उभिदै संयुक्त राष्ट्र संघमा मुद्दा हालेको हो । पाकिस्तानले मंगलबार यसलाई अन्तर्राष्ट्रिय कानुको उल्लंघन भन्दै राष्ट्रसंघमा उक्त कार्य रोक्नका लागि पहल गर्न आग्रह समेत गरेको छ । न्यूयोर्कमा रहेका पाकिस्तानका एक स्थायी प्रतिनिधिले राष्ट्रसंघ सुरक्षा परिषद र महासचिव वान कि मूनलाई पत्र लेखेर भारतीय संसदमा ‘द जियोस्पेशल इन्फर्मेशन रेग्युलेशन विल २०१६’ को ड्राफ्टमा गहिरो चिन्ता जनाएका छन् । उनले अगाडि भनेका छन्– ‘यो यूएनएसीका प्रावधानहरुको ठाडो उल्लंघन हो । भारतको नक्सामा जम्मू कश्मीरको विवादित क्षेत्रलाई पनि देखाइएको छ । जो तथ्यात्मक रुपमा गलत हो ।’ पाकिस्तानी विदेश विभागका अनुसार पाकिस्तानले सुरक्षा परिषदमा भारतलाई यस्तो विवादित कदम नउठाउ भनेर आग्रह र चेतावनी दिन माग गरेको र यो कदमलाई सबै राष्ट्रले अन्तर्राष्ट्रिय कानून विपरित मान्नुपर्ने भनेको छ । कश्मीरको विवादित क्षेत्रलाई आफ्नो नक्सामा समावेश गर्दै भारतलेको आफ्नो ‘द जियोस्पेशल इन्फर्मेशन रेग्युलेशन विल २०१६’ को ड्राफ्टमा भनेको छ– ‘भारतसँग जोडिएका कुनै पनि भौगलिक जानकारी लिन, प्रशारण गर्न, पब्लिस गर्न र वितरण गर्नुभन्दा पहिला सरकारी अनुमति लिनुपर्नेछ ।’ यो विल पारित भएमा पाकिस्तानले दाबी गरेको कश्मीरको विवादित क्षेत्र भारतको हुनेछ । र त्यहाँ गतिविधि गर्न भारतको अनुमति लिनुपर्नेछ । तर, पाकिस्तान यसो चाँहदैन । बरु उ पुरै कश्मीर आफ्नो बनाएर भारतलाई अनुमति लिन बाध्य पार्न चाहन्छ । कश्मीरकै कारण भारत र पाकिस्तानबीच वर्षाैदेखि दुश्मनी रहँदै आएको छ । यी दुई देशबीच राजनीतिक मात्रै होइन, सामाजिक द्वन्द्व पनि कायम छ ।

(भारतीय पत्रिका नवभारत टाइम्सको सहयोगमा)

प्रतिक्रिया