अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा युगकवी सिद्धीचरण श्रेष्ठको जन्म जयन्ती एबम बिशेष साहित्यिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ जेठ ४ गते १३:५० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा अमेरिकाको भर्जिनिया मनासस शहरमा युगकवी सिद्धीचरण श्रेष्ठको जन्म जयन्ती एबम एउटा बिशेष साहित्यिक कार्यक्रमको । कार्यक्रममा कविता गजल गीतहरु मात्र प्रस्तुत भएनन पेट मिचिमिची हंसाउने खाँटी प्रस्तुतिहरु पनि भए । पुराना देखी नयाँ सम्म साहित्यिक ब्यक्तित्वहरुको जमघटमा भएको कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष राम प्रसाद खनालको सभापतित्व, उपाध्यक्ष भूपनारायण घर्तिमगर र महासचिब राम अधिकारीको संयुक्त सँचालन, कोसाध्यक्ष एबम उक्त कार्यक्रमका सँयोजक, हाँस्य कलाकार पुस्कर पन्तको स्वागत भासणमा सम्पन्न भएको थियो । कार्यक्रममा किशोर केसीको कबिता गीत गजल सँग्रह “उनीसँग” को बिमोचन गरियो । यसै गरी समाजसेवी, अन्तरराष्ट्रिय कानून बिद डा. होम बहादुर थापालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया