मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं २३:१३
वासिङटन डिसी 13:28

टेक्सासमा खुला महिला तथा पुरुष गल्फ प्रतियोगिता

इनेप्लिज २०७३ जेठ २ गते ११:३८ मा प्रकाशित

golftournamentdallasad

नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर्नेशनलले टेक्सासमा खुला महिला तथा पुरुष गल्फ प्रतियोगिताको आयोजना गर्ने भएको छ l आगामी मे २७ तारिखमा टेक्सासमा हुने ब्लड डोनर्स अफ अमेरिका (बिडिए) तथा सोसाईटी अफ अमेरिकन नेप्लिज नर्सेस(सान) को सयुक्त प्रथम अधिवेसनमा नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर्नेशनलले गल्फको आयोजना गर्ने भएको छ l

मेमोरियल डे का अवसरमा नेपाल ब्लड डोनर्स अफ अमेरिका तथा नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर्नेशनलको संयुक्त आयोजनामा उक्त गल्फ प्रतियोगिता हुन् लागेको हो l प्रवेश शुल्क ५० डलर राखिएको छ भने बिजयी समुहलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ l

भाग लिनका लागि नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर्नेशनल संस्थाका पदाधिकारी सीता पाण्डे – ६४६-७०२-४४९४ तथा केमिका भण्डारी -४१०-२९९-१२९९ संग प्रत्यक्ष सम्पर्क गर्न सकिने छ l

प्रतिक्रिया