अन्तररास्ट्रीय नेपाली कलाकार समाज (इनास) युरोपको पहिलो दिनको कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ जेठ २ गते १:३१ मा प्रकाशित

nirajan

अन्तररास्ट्रीय नेपाली कलाकार समाज (इनास) युरोपको चौथो क्षेत्रीय बैठक तथा चौथो एकल नृत्य र प्रथम एकल नेपालि गायन प्रतियोगिता आज स्विटजरल्याण्डको बासल सहरमा सुरु भएको छ | युरोप का बिभिन्न देशबाट सहभागी हुने उक्त प्रतियोगिताको पहिलो दिन आज शनिबार चौथो क्षेत्रीय बैठक आज सम्पन्न भएको छ |

निर्धारित समय भन्दा केहि ढिलो सुरु भएको उक्त कार्यक्रमको सभापतित्व इनास स्विटजरल्याण्डका अध्यक्ष धनसिङ ठकुरीले गर्नु भएको थियो | कार्यक्रमको प्रमुख अतिथि इनास ग्लोबलका अध्यक्ष पुष्प बरुवाल हुनुहुन्थ्यो भने बिशिष्ठ अतिथिहरुमा इनास ग्लोबलका अनुगमन तथा सुपरिबेक्षण प्रमुख पुस्प थापा, बरिष्ठ उपाध्यक्ष कमला दाहाल, मित्रलाल पाण्डे, युरोपको ओर्डीनेटर अर्जुन काफ्ले, इनास कोषाध्यक्ष राधिका क्षेत्री हुनुहुन्थ्यो भने बिशेष अतिथिहरुमा इनास युरोप सह संयोजक गुणराज शर्मा, इनास सल्लाहाकार तथा एनआरएन स्विसका आइसीसी बिनय श्रेष्ठ,एन आरएन स्विसका अध्यक्ष हिराबाल गुरुङ, तथा सन्तोष राइ, राजमान तामांग लगाएत हुनुहुन्थ्यो |

त्यसै गरि अतिथिहरुमा विभिन्न देशबाट आउनु भएका इनास अध्यक्ष तथा प्रतिनिधि,एनआरएन स्विस कि उपाध्यक्ष सिमा गौतम तथा युबा को ओर्डीनेटर अर्जुन बास्ताकोती तथा स्विसनेपाल डट कम र नेपाल स्विस डट कम का प्रतिनिधि हुनुहुन्थ्यो | कार्यक्रम इनास मिडिया संयोजक प्रकाश तिवारीले संचालन गर्नु भएको थियो |

प्रमुख अतिथि,अथिति लगाएतको आसन ग्रहण पश्चात रास्ट्रीयगानबाट कार्यक्रम सुरुगरिएको थियो भने बिभिन्न ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेट मौन धारण गरिएको थियो | त्यसै गरि उपस्थितहरुलाई इनास युरोप सह संयोजक गुणराज शर्माले स्वागत गर्नु भएको थियो भने अन्य अतिथि बिशेष अतिथिहरुले कार्यक्रम सफलताको कामना गरेका थिए |

युरोप बैठकको सिलसिलामा विभिन्न देशका इनास अध्यक्ष तथा प्रतिनिधिहरुले आफ्नो आफ्नो देशको इनास गतिबिधि र क्रियाकलापको बारेमा प्रतिबेदन पेश गर्नु भएको थियो | कार्यक्रमको अन्त्यमा विभिन्न सास्कृतिक कार्यक्रमहरु गरिएको थियो |
कार्यक्रममा उपस्थित हुन् आएका पाहुनालाई नेपाली समाज बासलले खानाको ब्यबस्था गरेको थियो |

स्विस नेपाल डट कम

प्रतिक्रिया