गायिका सिर्जनाले ल्याइन “मनको राजा” गायिका सिर्जनाको मनको राजा सार्वजनिक

इनेप्लिज २०७३ वैशाख २९ गते १८:१७ मा प्रकाशित

srijana_karki

काठमाडौं /गायिका सिर्जना कार्कीको स्वरमा रहेको नयाँ गीत “मनको राजा” को भिडियो सार्वजनिक भएको छ । हरि लम्साल संगीत र कृष्ण के.सी.को शब्दमा रहेको “मनको राजा” गीतको म्युजिक भिडियोमा नीता ढुंगाना, आरजु खरेल र अर्पणले अभिनय गरेका छन् ।

srijana karki राम कुमात केसीको छायांकन, सम्पादन सुप्रिम पराजुलिको रहेको छ भने निर्देशन दीपेन्द्र केसीको रहेको छ । यस भन्दा पहिले गायिका कार्कीको स्वरमा न्हयु बज्राचार्यको संगीत र दुर्गालाल श्रेष्ठको शब्दमा “लहराको सुसेली” अडियो सार्वजनिक गरिसकेकी छिन् ।

sirjana-karki.doc-200x300

“माया लिनेको बद्नामी भो” श्रीकृष्ण बम मल्ल शब्द/संगीत, “मैले त तिमीलाई दिलमा सजाँए” ताराप्रकाश लिम्बुको शब्द/संगीत आदि गीतहरु पनि चाँडै नै बजारमा आउँदै छन् । यसका साथै उनले थुप्रै सामुहिक गीत, जिङ्गल आदिमा स्वर दिइसकेकी छिन् ।

प्रतिक्रिया