धुम ४’ मा सलमान र रणवीर सिंह

इनेप्लिज २०७३ वैशाख २९ गते १६:२२ मा प्रकाशित

k-m-timro-hain-r

काठमाडौ बलिउडका चर्चित निर्माता आदित्य चोपडा अब सलमान र रणवीर सिंह लाई एक साथ लिएर धुमको चौथो सिक्लेल धुम ४ निर्माण गर्ने तयारी गरेका छन ।

‘धुम रिलोडेडः द चेस कन्टीन्युज’ का लागि निर्माता चोपडाले यसपटक युवास्टारलाई लिने यसक्रममा रणबीर सिंह उपयूक्त भएको बताएपछि यो सम्भावना ब्यक्त हुन थालेको छ । रणवीरलाई लिए धुमको तीन सिरीजमा देखिएका अभिषेक बच्चन र उदय चोपडा आउट हुने निश्चित छ ।
फिल्ममा सलमानले नेगेटिभ रोल प्ले गर्ने छन । यस अघि युवास्टारहरुसंग काम नगरेका सलमानले यस फिल्मका लागि स्वीकृति दिएमा यो फिल्म सलमान र रणवीर एकसाथ काम गरेको पहिलो फिल्म हुनेछ ।
हाल आदित्य चोपडाकै निर्देशनमा बनिरहेको फिल्मको शुटिङमा व्यस्त रहेका रणवीरले भने ‘धुम ४’ को लागि स्वीकृति दिइसकेको बताईएको छ ।

प्रतिक्रिया