प्रेस-विज्ञप्ति-नेजाको नवनिर्वाचित कार्यसमिति र सिट‏

इनेप्लिज २०७३ वैशाख २९ गते २:२२ मा प्रकाशित
NEAJA at city of Artesia
प्रेस-विज्ञप्ति
नेपाल अमेरिका पत्रकार सङ्घ नेजाको नवनिर्वाचित कार्यसमिति र सिटी अफ आर्टेसियाका पदाधिकारी बिच सिटि हलमा भेटघाट तथा छलफल कार्यक्रम भयो । मेयर भिक्टर मेन्लोले नवनिर्वाचित कार्यसमितिलाई दिनु भएको आमन्त्रणलाई स्वीकार गर्दै नेजाका अध्यक्ष भोला आचार्य, सचिव अग्नि चौलागाईं, डी.सी. मेट्रो क्षेत्रीय संयोजक विष्णु पौडेल शीतल, न्यु योर्क क्षेत्रका पूर्व संयोजक भुपेन्द्र थापा, सदस्यहरू क्रमशः बलराम थापा, निदेश अधिकारी, सुरज भण्डारी, नेपाल सरकारको तर्फबाट सान डियोगो क्षेत्रका बाणिज्यदुत ऋषि ढकाल, सिटि अफ आर्टेसियाका प्लानिंग कमिस्नर भक्त थापा जानु भएको थियो ।
अध्यक्ष भोला आचार्यले नेजाको बारेमा सामान्य परिचय दिँदै अमेरिकामा रहेका नेपाली संचारकर्मीहरु अमेरिकी सरकारी निकायहरू सँग हातेमालो गर्दै जान तयार रहेको बताउदै आफ्नो कार्यसमितिले आगामी दिनमा नेपाली अमेरिकीको सामाजिकीकरण प्रक्रियामा सहयोग पुग्ने खालका ठोस कार्यक्रम लिएर आउने बताउनुभयो । मेयर मेन्लोले आफ्नो सहरमा नेजाको अधिवेशन गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा हुने कार्यक्रमहरूमा सहयोग गर्न आफू तयार रहेको बताउनु भयो । आफ्नो सहरमा अमेरिका भरबाट पत्रकार आएकोले सबै तिर यस सहरको बारेमा जानकारी पुग्ने विश्वास रहेको समेत मेयर मेन्लोले बताउनुभयो ।
विभिन्न ठाउँमा रहेका अमेरिकी सरकारका स्थानीय निकाय र अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था नेजा बिचमा गरिने छलफल तथा भेटघाट कार्यक्रमले नेपाली समुदायको अमेरिकामा उपस्थिति तथा हाम्रो समुदायको महत्त्व प्रस्ट्याउने देखिन्छ ।
महासचिव
तोया दाहाल
नेपाल अमेरिका पत्रकार संघ, नेजा

प्रतिक्रिया