बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ०३:२४
वासिङटन डिसी 17:39

नेपाल अमेरिका पत्रकार संघ, नेजाको पाँचौ अधिवेशन सुरु

इनेप्लिज २०७३ वैशाख २६ गते १२:५६ मा प्रकाशित

neja 1

नेपाल अमेरिका पत्रकार संघ, नेजाको पाँचौ अधिवेशन तथा दशौँ वार्षिक साधारण सभा शनिवार उद्घाटन कार्यक्रम सुरु भएको छ l र कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघका सभापति डा महेन्द्र विष्टले गर्नु भएको छ l

अधिवेसनको लागि विभिन्न राज्यवाट नेजाका सदस्यहरु, प्रतिनिधी तथा शुभेच्छुकहरु मेरील्याण्ड, भर्जिनिया,टेक्सास,कोलोराडो, क्यालिफोर्निया, न्यूयोर्क, नर्थक्यारोलिना, ओक्लोहामा लगायत सत्र भन्दा वढी राज्यवाट सहभागीता रहेको छ l

neja 3

कार्यक्रममा सिटी अफ आर्टिसियाका मेयर भिक्टर मनालो र उप प्रमूख अलि सजाद ताज,वाणिज्यदुत ऋषि ढकाल ,गैरआवासिय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद्का केन्द्रीय सदस्य दिल श्रेष्ठ, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका उपाध्यक्ष डिल्ली भट्टराई, नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, प्रवासी नेपाली मञ्चकि उपाध्यक्ष यमुना भट्टराई , पर्यटन दुत अनिल पाण्डे ,बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि लगायत अन्यले शुभकामना सहित मन्तब्य राखेका थिए l

नेजाका अध्यक्ष गौतम दाहालको सभापतित्वमा कार्यक्रम सुरु भएको थियो भने महा सचिब भोला आचार्यले कार्यक्रम संचालन गरेका थिए l संयोजक तथा सचिव नेजा पाँचौ अधिवेसन तथा दशौ वार्षिक साधारण सभा मुल आयोजक समारोह समितिका सुदिप पन्तले स्वागत मन्तब्य राखेका थिए l

neja 2

प्रतिक्रिया