फ्रान्समा महजात्रा भब्यताका साथ सम्पन्न

इनेप्लिज २०७३ वैशाख २४ गते १०:४२ मा प्रकाशित

france3

गत १ मई २०१६ आईतबार गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले नेपाली नया वर्ष २०७३ को उपलक्ष्यमा राष्ट्रिय ख्याति प्राप्त हास्य कलाकारहरू मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य,महजोडी को कार्यक्रम भव्यताका साथ पेरिसमा सम्पन्न गरेको छ ।

पंन्चकन्याको साथमा राष्ट्रिय गीत बाट कार्यक्रम शुरू भएको थियो भने कार्यक्रमका संयोजक तथा उपाध्यक्ष एकेन्द्र मल्लले उपस्थित सबैलाई स्वागत भाषण द्दारा स्वागत गरेका थिए । उदघाटन प्रमुख अतिथि राजदूत र सभापती दोयले संयुक्तरूपमा पानास मा बत्ती बाली गर्नु भएको थियो ।त्यसैगरि एनआर एन कार्यसमिती सदस्य एवं गोर्खा दक्षिण बाहुले विभुसित कलाकार शैलेंद्र महर्जन द्दारा तयार गर्नु भएको चित्रकलाहरू पनि उक्त समारोहमा राजदूत श्रीमती अम्बीका देवी मानन्धर लुईटेल द्दारा चित्रकला प्रर्दशन उदघाटन गर्नु भएको थियो।

झण्डै पाँच सय जना दर्शकहरूले खचाखच भरीएको हलमा महजोडी को प्रस्तुति बेजोड रहेको थियो l मदन कृष्ण श्रेष्ठ र हरि वंश आचार्य को साथमा चर्चित कलाकारहरू नरेन्द्र कंसाकार, माण्डवी त्रिपाठी ,यमन श्रेष्ठ , मोहित आचार्य ले विभिन्न फरक फरक ढंगबाट नाटक ,गीतहरू प्रस्तुत गर्नुभएको थियो । मह जात्राका कलाकारहरूको प्रस्तुतीको बीच बीच मा स्थानीय कलाकारहरूको तमु सम्बन्धी नृत्य प्रस्तुत गरिएको थियो ।

france 1

मह जोडीको ग्रुपले आफ्नो प्रस्तुती को माध्यमबाट दर्शकहरूलाई मरिमरि हंसाउनुको साथै नेपालको समसामयिक समस्यालाई प्यारोडि गीतको शैलीमा गाएर मनोरंजन दिनुका साथै देशको स्थितीलाई व्यंग्य गर्दै चेतानामुलक संदेश दिनुभएको थियो । यसै गरि कलाकार माण्डवी त्रिपाठी को “सिमपल सिमपल नानीको डिम्पल पर्ने गाला” र अरू पनी गीतहरू र हाउभाउले दर्शकलाई छमछम नचाउन सफल हुनुभयो भने स्वयंसेवकहरूलाई दर्शकलाई कन्ट्रोल गर्ना समेत हम्मे हम्मे परेको थियो ।

कार्यक्रम सफल पार्न विभिन्न भै परि आउने व्यवस्थापन मा वरिष्ठ उपाध्यक्ष अधिवक्ता सुर्वण विक्रम हमाल,टिकट व्यवस्थापन कोषाध्यक्ष मिन श्रेष्ठ , सचिव शिव (कृष्णा) पराजुली ,म्यूज़िक व्यवस्थापन मा प्रविन सापकोट, अनुज उपाध्याय, कविन्द्र शाक्य ,हल व्यवस्थापन मा चेतभक्त ढुंगना, राजेन्द्र घिमिरे, झलक भण्डारी,राजीव के सी, शैलेश सेन, लाल सोडारी ,नृत व्यवस्थापन अनिता शाक्य, विना के सी ,मुख्य अन्तराष्ट्रिय कलाकारहरू लाई व्यवस्थापन किरण के. सी ( कोर्धी) , सम्पूर्ण फोटो भिडीयो मा सुमन राई ,यसरी कार्यक्रम संयोजक एकेन्द्र मल्लले विभिन्न कार्य विभाजन गरी पूर्व तयारी गराउनु भएको थियो ।

france

नेपालबाट पाल्नु भएका बरिष्ठ कलाकारहरूलाई प्रमाण पत्र र माया को चिनो राजदूत बाट प्रदान गरिएको थियो । यस्तै क्रममा कलाकारहरू र आर्थिक सहयोग गर्ने चन्दा दाताहरूलाई स-धन्यवाद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।अन्तमा एनआरएन ए फ्रान्सका अध्यक्ष भक्त वाग्लेले कार्यक्रम मा सहभागी संम्पूर्ण कलाकारहरू ,नेपाली राजदूतावास परिवार, एन आर एन ए परिवार, स्वयंसेवकहरू,कार्यक्रम लाई आर्थिक सहयोग गर्ने संम्पूर्ण प्रायोजकहरू र उपस्थित सम्पूर्ण दाजुभाई दिदीवहिनीहरू प्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमको विशर्जन गर्नु भएको थियो ।

उक्त कार्यक्रम एन आर एन ए फ्रान्सका अध्यक्ष भक्त वाग्लेको सभापतीत्वमा र संघका महासचिव नरेन्द्र शाही ठकुरी को संचालन मा शुरू भएको थियो । प्रमुख अतिथि नेपाल दूतावास पेरिस फ्रान्सका राजदूत श्रीमती अम्बीका देवी मानन्धर लुईटेल हुनुन्थ्यो भने विशेष अतिथि गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदको महिला उपसंयोजक रजनी प्रधान हुनुहुन्थ्यो ।

france2

अन्य अतिथिहरूमा एनआरएन युरोप क्षेत्रको पूर्व उपसंयोजक रविन्द्रमान श्रेष्ठ, एन आर एन फ्रान्सका आई सी सी Nसदस्य मिन बहादुर जी. सी., संघका प्रमुख संरक्षक एवं साहित्यकार हरिहर अर्याल , संरक्षकहरू मुकुन्द अमात्य, पेम्बा सेर्पा ,संघका भु पु अध्यक्ष तथा सल्लाहाकार निर्मल अर्याल, निवर्तामान अध्यक्ष तथा सल्लाहाकार घनश्याम पौडेल,नेपाली दूतावास पेरिस का नियोग उपप्रमुख राम वावु ढकाल, सहचारी धनिलाल महतो सल्लाहाकारहरू शोभा मैनाली,कृष्णा अधिकारी, थम्मन टण्डन,हरि प्रसाद सापकोटा , तमु समाज फ्रान्स की अध्यक्ष अनिता गुरूंग, पाकोफेन की अध्यक्ष जिता कटुवाल उपस्थिति हुनुन्थ्यो ।

farnce 5

प्रतिक्रिया