आज मातातिर्थ औसी अथवा आमाको स्मरण गर्ने शुभ- दिन !!

इनेप्लिज २०७३ वैशाख २४ गते १:५५ मा प्रकाशित

dev khanal

आमाको महिमा बर्णन गरेर गर्न सकिन्न l संसारका ठुला ठुला ऋणहरु चुक्ता गरेर मुक्त हुन सकिन्छ तर आमा बाट लागेको ऋणको भार चुक्ता गर्न कदापी सकिदैन l आमाको गर्भमा ९ महिना वास , आमाको काख ,आमाको निस्वार्थ माया सग बहुमुल्य कोहिनुर हिरा तुलना गर्दा आमाको मायाको मूल्य नै अमुल्य हुन्छ l मानब अस्थिव, हाम्रो शान, मान, इज्जत सबै आमा बाट प्राप्त ज्ञान हो l आमा जननी मात्र होइन आदिसक्ति देवी हुन् उनको आशिर्बाद बाट आज यो ससरिक माया चक्रमा उभिन हामी सफल भएका छौ l

आमाको नैतिक शिक्षा बाट नै एक बलखको यात्रा तय हुन्छ ! “कुपुत्रो जयत कचितपि कुमता न भवति ” एउटा छोरा कपुत हुन सक्छ तर एउटी आमा कदापी आफनो सन्तान प्रति कुभलो चाहानन l न बर्खा न झरी , न गर्मि न जाडो , न घाम न पानी ,आमाले आफना सन्तानलाई हरेक दुख-कस्ट बाट बचाऊ गर्छिन यसमा कुनै स्वार्थ लुकेको हुदैन यो सबै निस्वार्थ माया मात्र हो l

बिस्व ब्रम्हाण्डमा मानब जातीको आवागन कहिले आयो यो त् ब्रामंडको गर्भमा लुकेको छ l भोलिको दिनमा बिज्ञानको सोध, प्रयोग बाट मानब जातीको श्रिस्ठी बारेमा पत्ता लाग्न सक्ल्ला तर जब मानब जाती ब्रामंडमा आयो आमा नै प्रमुख प्रसासक थिन ! आमाको निर्देशन नै अन्तिम निर्देशन हुने गर्दथियो l बिस्तारै मानिसहरु समाजमा रुपन्तरिता हुदै गर्दा समाजमा मात्री सतात्मक सत्ताको प्रभुत्व थियो l समाजको श्रिस्ठीको पहिलो चरणमा आमा नै प्रमुख हुन् भने बिस्तारै समाजले बृहत रुपमा आकार लिदै गर्दा समाजका पुरुष वर्ग बाट नारी वर्ग लाई परस्त गर्दै पितृ सताम्तक सत्ताको अबधारणाको सुत्रपात हुन गयो l मात्री सतात्मक सत्ता र पितृ सताम्तक सत्ताको बिचमा भएको बिद्रोह बाट आज सम्म बिस्वमा भएको राजनीति पितृ सताम्तक सत्ताको अबधारणा बाट संचालित छ l श्रिस्ठीको आरम्भमा नारी सक्ति नै प्रमुख थियो भन्ने कुरा इतिहास बाट प्रमाणित भै सकेको छ l

नारी आमा बन्न सक्ने क्षमता राख्छिन भने देश चलाउने क्षमता नारी सक्तिमा छ थियो हुनु पर्छ l आजको बिस्व पितृ सतात्मक सत्ताको अबधारणा अन्तर्गत नारीलाई ३३ % राजनीतिमा सहभागिता दिएर आफुलाई समाजका बुज्रुक सम्झिनछन् l पुरुस मित्रहरु एक मिनेट मौन भएर सोच त तिमिहरुको आगमन कहाँ बाट भएको छ l नारी सक्तिलई उपहास गर्ने अधिकार त् के हैसियत सम्म रहदैन l नारी सक्ति बिना हाम्रो अस्थिवको कल्पना गर्न सम्म सकिन्न आज नारी आमा लाई उपहास गरेर के जीत् गरौला l

आज हामी २१०० सताब्दिमा आइ पुगेका छौ हाम्रो सोच लाई अधिकतम मात्रामा उपयोग गर्न सक्नु पर्छ l आमाको औला समातेर जुन शिक्षा प्राप्त गरेउ आज उनैको उपहास गरि रहेका छौ !नारीहरु आज आफनो इच्छा सक्तिलई दबाएर पुरुस लाई मालिक स्वीकार गरेका छन् तर यो सत्य होइन नारी प्रसासक हुन् हामीहरु उनिहरुले देखेको बाटामा हिड्न सक्यु भने हाम्रो समाज , देश चाडै बिकासको बाटोमा लाग्ने छ l आज मातातिर्थ औसी अथवा आमाको स्मरण गर्ने शुभ दिन परेको हुदा सबै नारी जातिमा सम्मान गर्दै आमा लाई पुन स्मरण गर्न चाहन्छु !
जय नेपाल !!

प्रतिक्रिया