भागेर यसरी दिल्लीको शरणमा गएका थिए राजा त्रिभुवन

इनेप्लिज २०७३ वैशाख २४ गते १:४९ मा प्रकाशित

प्रजातन्त्र प्राप्तिका लागि कांग्रेसको नेतृत्वमा भएको आन्दोलनका बेला २००७ साल कात्तिक २२ गतेका दिन राजा त्रिभुवन आफ्नो परिवारसहित भागेर काठमाडौँको भारतीय दूतावासमा शरण लिन पुगेका थिए । त्यहाँबाट भारतकै पहलमा उनलाई विमानबाट दिल्ली पुर्याइएको थियो । त्यसक्रममा राजा त्रिभुवन झण्डै साढे तीन महिना भारतमा शरणार्थीका रुपमा बसेका थिए । नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्तिको बलमा धेरै भूभाग कब्जा गरिसकेपछि राणा सरकार, कांग्रेस र राजाबीच भारतको मध्यस्थतामा त्रिपक्षीय सहमति भएपछि बल्ल फागुन ४ गते त्रिभुवन नेपाल फर्किए । दिल्लीबाट फर्किएर उनले फागुन ७ गते शाही घोषणाबाट प्रजातन्त्र स्थापना भएको उद्घोष गरे । त्यसलगत्तै कांग्रेस नेता विपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।

हेर्नुस् दुर्लभ भिडियो: – 

दिल्लीबाट फर्किएपछि यस्तो थियो सम्बोधनः

प्रतिक्रिया