पत्रकारको अपमान जन संपर्क समिती नर्दर्न क्यालिफोर्नियाको अन्तरकृया

इनेप्लिज २०७३ वैशाख २२ गते १५:०१ मा प्रकाशित

NJSS6drakoirala

आफ्नो निजी भ्रमणमा अमेरिका रहनु भएका नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला र बरिस्ठ नेता रामचद्र पौडेलले जन सम्पर्क समिति अमेरिका नर्दर्न क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको स्वागत तथा अन्तरर्क्रिया कार्यक्रम सम्पन भएको छ । उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बिपी पुत्र डा शशांक कोइरालाले अहिले बनेको संविधानले सबै जात(जाती, धर्म सम्प्रदाय, पार्टी बिचारलाई समेट्न सफल भएको र एशिया भरिको उत्क्रिस्ठ सबिधान रहेको विचार राख्नु भयो । आफ्नो भनाई राख्ने क्रममा कोइरालाले आफ्नो पिता काँग्रेस भएको भरमा लाग्नु भन्दा यस पार्टीको सुन्दर सिद्धान्त बुझेर लाग्न सबैलाई आग्रह गर्नु भयो ।

NJSSgroup

आफ्नो अमेरिका भ्रमणको सुरुवातमा नै जन सम्पर्क समिति अमेरिकाको विवादलाई समाधान गर्न सफल कोइरालाले पार्टीलाई जीवन्त बनाउनको लागि बिचारको लडाई हुनुपर्नेमा व्यक्तिगत स्वार्थको आधारमा गुटबन्दी गर्न नहुने बताउनुभयो ।भस्टाचार हामीले गरेको हो भन्ने कुरा स्वीकार दै एस्लाई सुधार्नु पर्ने कुरा बताउनु भयो । बिपीको पालामा जस्तो अहिलेको नेताहरुमा उर्जा न भएको र अरुलाई दोस दिनु भन्दा नेपाली कांग्रेसले सम्पूर्ण दोष लिनु पर्ने र देश राजनैतीक फोहरी खेलले बिस्थापित भएको छ र राजनीति गर्ने नेताहरुले आत्मालोचना गर्नु पर्ने कुरा बताउनु भयो । २००७ साल मा बिपीले सुरुवात गर्नु भएको संबिधानको कुरा अहिले आएर पुरा भएको कुरा बताउनु भयो ।

njss7

यसै गरि अर्का नेता रामचन्द्र पौडेलले एसिया भरिको भन्दा नेपालको संबिधान राम्रो भएको र जोसुकै संग पनि कुरा गर्न तयार रहेको जानकारी गरउनु भयो । संबिधानमा केही त्रुटि हरु भएको तर तेस्लाई सच्चाउदै लैजानु पर्ने र तुरुन्त संबिधानको कार्यवन गर्नु पर्ने कुरा मा जोड दिनु भयो । सेबामुखी भावना लिएर हिँसा लाई त्यागेर राजनीति गरेमा रास्ट्रको हित हुने कुरा बताउदै नेपाली कांग्रेश ले जहिले पनि देशको बिकाशको नेतृत्व गरेको र अझ पनि गरि रहने र देशमा रोजगारीको अबसर सिर्जना गर्नु पर्ने अवस्था आएको र यो कुरा मा पार्टी र आफु लाग्ने बतउनु भयो ।नेपालको राजनीति गर्ने नेताहरुमा इमान्दारिता को आवश्यक भएको र अधिनायकबादी हरुले यो संबिधान लाई बिगार्न सक्ने सकेत दिदै लोकतन्त्र बादी हरुको अग्रसर मा सबिधान चाडो भन्दा चाडो कार्यवन गर्नु पर्ने कुरा बताउनु भयो । अहिले पनि द्वन्द हुने सक्ने सकेत दिदै पटक पटक नेपाल द्वन्दमा फसेको कारण ले नै गरिब भएको कुरा प्रकाश पर्नु भयो ।

च्याप्टर अध्यक्ष पूर्ण शेर्पाको सभापतित्वमा भएको कार्यक्रमलाई सचिव हरि भट्टले सञ्चालन गर्नु भएको थियो भने उपस्थित सबैलाई उपाध्क्षय लक्ष्मी के सी ले स्वागत र ।नारायण खनालले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रममा उपस्थिति स्थानीयहरुको प्रश्न को उतर दुई नेताहरुले दिनु भएको थियो । सुरु देखिनै बेवास्ता गरिएका पत्रकाररुलाई अन्तमा बिष्णु शाहले मात्र सम्झनुभएको थियो । कार्यक्रममा उपस्थिति दर्जन भन्दा बढी पत्रकारहरुलाई अन्तमा फोरम खोल्ने भनेर कुराइयो र पत्रकारहरुले प्रश्न राख्न खोज्दा बाइपास गरिएको थियो र पटक पटक अनुरोध गर्दा पनि समय दिएको थिएन । आयोजकहरुले गरेको बेवास्ता र कुराएर समय नदिएको प्रति स्थानिय पत्रकारहरुले आयोजक नर्दर्न क्यालिफोर्निया च्याप्टर प्रति खेद प्रकट गरेका छन ।

सो कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनिधि लगायत ठुलो सङ्ख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो भने सबै उपस्थितिलाई सल्हाकार बिष्णु शाह ले धन्यवाद दिनु भएको थियो । कार्यक्रममा संस्थापन पक्ष (पुरानो)का नेता स्वयम रामचन्द्र पौडेल र डा शशांक कोइराला अतिथी भएको कार्यक्रममै आफूहरुलाई कुनै स्थान नै नदिएको भनेर हलको पछिल्लो भागमा बसेका कार्यकर्ताहरुमा ठूलै खैला बैला नै मच्चिएको सुनिन्थ्यो ।

**Photo: Krishna KC

प्रतिक्रिया