‘काँग्रेसको नेतृत्वमा संबिधान संसोधन गरी छिट्टै दिर्घकालिन राजनीतिक समाधान गरिनेछ’

इनेप्लिज २०७३ वैशाख २२ गते ११:१९ मा प्रकाशित

San Francisco NJS Main

पुरुषोत्तम ढकाल, लसएन्जलस, २२ बैशाख । संयुक्तराज्य अमेरिकाको दुई साता लामो भ्रमणका क्रममा क्यालिफोर्नियाको सनफ्रान्सिस्को आइपुग्नु भएका नव निर्वाचित काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले काँग्रेसको नेतृत्वमा अपुरो र त्रुटिपूर्ण संबिधान संसोधन गरी दिर्घकालिन राजनीतिक संकट समाधान गर्ने तर्फ मधेशी र जनजाति दलसंग उच्चस्तरको संवाद भैरहेको तथ्य सार्वजनिक गर्नु भएको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिका अन्तर्गतको क्यालिफोर्निया च्याप्टरद्वारा सनफ्रान्सिस्कोमा मंगलवार आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले मधेश र अल्पसंख्यकका हकमा अपुरो र त्रुटिपूर्ण भनिएको संबिधान संसारमै सबै भन्दा धेरै जनमत अर्थात् दुई तिहाईले अनुमोदन गरेको भएपनि महामानव बिपी कोइरालाले भने जस्तै संघियता र संबिधानका कारण मुलुक अर्को ठुलो संकटमा फसेको छ र काँग्रेसको नेतृत्वमा मुलकले फेरी एकपटक संबिधान संसोधन गरेर जारी राजनीतिक संकटबाट मुलुकलाई पार लगाउने दावी सहित मुलुकको आन्तरिक राजनीतिको विकसित घटनाक्रम सार्वजनिक गर्नु भएको हो ।

महामन्त्री कोइरालाले सनफ्रान्सिस्कोका प्रजातन्त्रवादी नेपाली अमेरिकनलाई संबोधन गर्दै भन्नु भयो, ‘काँग्रेसकै नेतृत्वमा माओबादी जंगलबाट हतियर बिसाएर मुलधारमा फर्किए, राणा सकियो, राजतन्त्र सकियो र अव संबिधानमा भएका त्रुटी सच्च्याएर यसको पूर्ण रुपले कार्वान्वयन गर्ने दायित्व पुरा गर्न पनि सक्षम छ । उहाँले पद र प्रतिष्ठाको लडाइंमा प्रजातन्त्रको मूल्य भुलेका नेपाली अमेरिकनलाई अमेरिकी प्रजातन्त्रको सुन्दरता र सह अस्तित्व स्विकार्न र आत्मासात गर्न आग्रह गर्दै आगामी दिनमा काँग्रेसले आफ्नो सदस्यता वितरण संख्या नभई चरित्र र त्यागको आधारमा वितरण गर्ने जानकारी दिनु भयो । समारोहमा सहभागी हुन आइपुग्नु भएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गैर आवासीय नेपालीका हकमा काँग्रेसकै नेतृत्वमा बनेको संबिधानमा एक पटकको नेपाली सधैंको नेपाली हुने संबैधानिक ब्यबस्था गरिएको दृष्टान्त प्रस्तुत गर्दै संबिधान संसोधन मार्फत मुलुकले छिट्टै दिर्घकालिन राजनीतिक निकास पाउने उद्घोष गर्नु भयो ।

नेपाली जनसम्पर्क समिति अमेरिका अन्तर्गतको क्यालिफोर्निया च्याप्टरद्वारा आयोजित कार्यक्रममा सहभागी हुन प्रजातन्त्रवादी नेपाली अमेरिकनका अगुवा एवं नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि बेद खरेल, महाधिबेशन प्रतिनिधि हरिबोल भण्डारी, भरतराज तिवारी, डा. सुनिल शर्मा समेत सनफ्रान्सिस्को आइपुग्नु भएको थियो । समोरोहको सभापतित्व समितिका सभापति पूर्ण शेर्पाले गर्नु भएको थियो भने स्वागत समितिका उपाध्यक्ष लक्ष्मी कार्की, कार्यक्रम बारे उपाध्यक्ष खनाल र धन्यबाद समितिका सल्लाहकार विष्णु शाहले गर्नु भएको थियो ।

San Francisco NJS San Francisco NJS public San Francisco NJS participent San Francisco NJS 1

प्रतिक्रिया