आइतबार, कार्तिक ९ २०७७
काठमाडौं २२:०७
वासिङटन डिसी 12:22

नासा रजत महोत्सव वर्ष २०१६

इनेप्लिज २०७३ वैशाख २२ गते ११:०१ मा प्रकाशित

NASeA 2016

अमेरिकाको दक्षिण पुर्वि राज्यमा रहेका नेपालीहरुको साझा संस्था नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) को कार्यकारी समितिको एघारौ नियमित बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विमल नेपालको अध्यक्षतामा सम्पन्न बैठक संस्थाका बोर्ड डाईरेक्टर तथा साउथ क्यारोलिना एसोसियसन अफ नेपलिज् (स्क्यान) अध्यक्ष सतिष गुप्ताको संयोजनमा उहाँकै निवासमा सम्पन्न भएको हो ।

बैठकमा स्वागत गर्दै गुप्ताले नासाको बैठक संयोजन गर्न पाएकोमा खुसी व्यक्त गर्दै स्क्यान र आफ्नो व्यक्तिगत तर्फबाट सदैव नासाप्रति उत्तरदायी भुमिका निर्वाह गर्न तयार रहेको बताए। बैठकले नासाद्धारा एटलान्टा जर्जियामा सञ्चालित नेपाली पाठशाला नेपाली कल्चरल सेन्टर एटलान्टालाई सञ्चालनका लागि दिने निर्णय गरेको छ । सो पाठशालाको नाममा रहेको नगद ३ हजार ६ सय ७४ डलर अन्य भौतिक सामाग्रीहरुसहित हस्तान्तरण गर्ने निर्णय भएको छ।

त्यसैगरी आगामी अक्टोवरको, २०१६ पहिलो साता मनाउन गैरहेको रजत महोत्सवका लागि मुल समारोह समितिमा विभिन्न व्यक्तिहरुलाई मनोनयन गरिएको छ । ५१ सदस्यीय मुल समारोह समितिको संयोजकमा विमल नेपाल, सहसंयोजकमा शैलेन्द्र बज्राचार्य, सदस्यसचिवमा शिव विष्ट र सदस्यहरुमा नेपलिज् एसोसियसन अफ जर्जियाका अध्यक्ष दामु ढंगोल, स्क्यानका अध्यक्ष सतिष गुप्ता, एनसिएनसिका अध्यक्ष डा. शुस्मा प्रधान, टिएनसिसिका अध्यक्ष डा. नारायण खड्का, युनाईटेड एफएनए -फ्याँन्स, फ्लोरिडाका राम थापा, एएलनए अलवामाका सिद्धार्थ जोशी, नाना अलबामाका सीता मैनाली, एनसिसिओ फ्लोरिडाका धन थापामगर, जिसिएनएका शुशिल नेपाल, एप्याक जर्जियका सुस्मा बाराकोटी, राजु थापा, बाला पन्त, प्रशान्ति अर्याल, सिर्जना खतिवडा, भविन्द्र बस्नेत, डिजे गोर्खाली, गणेश बस्नेत, चुडामणी खनाल, सुर्य लम्साल, विनोद थापा, विश्वमान आड्दम्बे, होमप्रसाद लम्साल, रहेका छन ।

सम्मान स्वरूप, बाँकी सदस्यहरुको मनोनयन नासाको २५ वर्षको दौरमा बिशेस योगदान खेलनु भयका ख्याति प्राप्त व्यक्तित्वहरूबाट अध्यक्ष विमल नेपाल द्वारा हुने छ । बैठकले रजत जयन्तिलाई व्यवस्थित बनाउन सुचना तथा सञ्चार, स्मारिका प्रकासन, साँस्कृतिक कार्यक्रम व्यवस्थापन, अर्थ संकलन, खेलकुद र स्वागत तथा स्वयम् सेवक परिचालन उपसमितिहरु गठन गरेको छ।

बैठकमा नासाका अध्यक्ष विमल नेपाल, कार्यकारी उपाध्यक्ष शैलेन्द्र बज्राचार्य र कृष्ण श्रेष्ठले एन्मा नासाको १२ औ संयूक्त सम्मेलनबारे जानकारी गराउनु भएको थियो भने डा. सुमन सिलवालले रन फर नेपालको भुकम्प पीडितका लागि सहयोगबारे जाकारी गराउनु भएको थियो। नासाले हालै मात्र सिन्धुपाल्चोकको जलविरेमा भुकम्प पीडितका लागि गरेको सहयोगको पनि समिक्षा भएको थियो । बैठकमा रजत महोत्सवसम्ममा थप २५ जना आजिवन सदस्य थप गर्ने योजना अनुसार संस्थाका महासचिव शिव विष्ट, स्क्यानका अध्यक्ष सतिस गुप्ता, नागका पुर्व अध्यक्ष तथा वर्तमान कार्यसमिति सदस्य कृष्णराज देवकोटा र मनिष दास आजिवन सदस्यता ग्रहण गरेका छन ।

सो बैठकमा नासाका अध्यक्ष विमल नेपाल, कार्यकारी उपाध्यक्ष शेलेन्द्र बज्राचार्य, उपाध्यक्ष तारा पुन, महासचिव शिव विष्ट, सल्लाहकारहरु सुवोध गौतम, विमल कार्की र डा. ठाकुर कार्की तथा बोर्ड डाईरेक्टरहरु शुशिल नेपाल, मनिष शाक्य, सतिश गुप्ता, नरेन्द्र बराल प्रत्यक्ष सहभागी हुनु भएको थियो । त्यसैगरी कन्फ्रेन्स कलमा सह सचिव कृष्ण श्रेष्ठ तथा कार्य समिति सदस्यहरु भुवन खनाल, विद्या गुरुड, डा. सुमन सिलवाल, कृष्णराज देवकोटा, डा. मनोज झा सहभागी हुनु भएको थियो ।

प्रतिक्रिया