भर्जिनियामा ‘इन्जीनिएर्स नाइट-२०१६’ सम्पन्न

इनेप्लिज २०७३ वैशाख २१ गते १५:४६ मा प्रकाशित

DSC03844

अमेरिकन सोसाइटी अफ नेपालीज इन्जीनियर्स – वासीङ्गटन डी सी च्यापटरले हिजो अप्रिल ३०, २०१६ साँझ ‘इन्जीनिएर्स नाइट’ को आयोजना गर्यो। नेपाली इन्जीनियरहरुको गैर नाफामूलक यो संस्था अमेरिकाको वासीङ्गटन डीसी मेट्रो क्षेत्रभरिकै सबै भन्दा ठूलो पेशागत संस्था हो। डी सी वरिपरि बसोबास गर्ने पेशागत इन्जीनियरहरुको यस साझा संस्थाले सिविल इन्जीनियर, आर्किटेक्चरल इन्जीनियर, कम्प्युटर इन्जीनियर, मेकानिकल इन्जीनियर लगाएत सबैखाले इन्जीनियर र उनीहरुको परिवारहरुलाई सोसलाइज तथा नेटवोरकिङ्गको लागि आयोजना गरिएको यस कार्यक्रममा छोटो औपचारिक कार्यक्रम, डीनर अनि नेपाली संस्कृति झल्किने संस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो, जहाँ स्थानीय प्रतिभाहरुले आफ्नो नाच गान र कला प्रस्तुत गरे।

DSC_2121

कार्यक्रमको शुरुमा संस्थाको अध्यक्ष दीपेन्द्र पोखरेलले कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, उपस्थित इन्जीनिएरहरु र उहाहरुका परिवारलाई स्वागत गर्नु भयो| यसै गरी वहाँले सबै स्वयंसेवकहरु र कार्यक्रमका प्रायोजकहरुलाई पनि धन्यवाद दिनुभयो। अध्यक्ष पोखरेलले अमेरिकामा धेरै नेपाली इनजीनिएरिङ्ग प्रतिभाहरु भएको र त्यसलाई कसरी नेपालको विकास निर्माण कार्यमा उपयोग गर्न सकिन्छ भनेर भन्ने विषयमा चर्चा गर्नुभयो। सोहि विषयलाई निरन्तरता दिदै राजदुत डा. कार्कीले इन्जीनियरहरुको शीप र अनुभवलाई नेपालसम्म कसरी पुर्याउन सकिन्छ भन्ने सम्बन्धमा आवश्यक सहयोग गर्न नेपाली राजदुतावास र नेपाल सारकर सधै तयार रहने कुरामा जोड दिनुभयो।

DSC03877

त्यसै गरी संस्थाका पूर्व अध्यक्ष तथा केन्द्रिय समितिका वर्तमान सहसचिव ठाकुर ढकालले डी सी मेट्रो चप्टर र केन्द्रिय समितिको बारेमा चर्चा गर्दै सोसाइटीको वर्तमान क्रियाकलापहरुको बारेमा छोटो प्रकाश पार्नुभयो। गत साल नेपालमा महाभूकम्प गए यता हालसम्ममा गरिएका प्राविधिक र आर्थिक सहयोगको चर्चा गर्दै नेपालको प्रविधि र प्राविधिकहरुसँग सहकार्य गर्न नेपाल इन्जीनिएर्स एसोसियसन र राष्ट्रिय भूकम्प प्रविधि संघसँग हालै एक समझदारीपत्रमा हस्ताक्षर भएको कुरा बताउनुभयो। त्यसै गरी वहाँले गत वर्ष प्रकाशित Earthquake Preparedness and Disaster Relief in Nepal – A Position Paper को बारेमा पनि प्रकाश पार्नुभयो। सहसचिव ढकालले हालसालै सदस्यता लिनुहुने १४ जना इन्जीनिएरहरुको परिचय पनि गराउनुभयो।

DSC03864

च्याप्टरका उपसभापति सन्तोष ढकालले सोसाइटीमा रहेको इन्जीनिएरहरुको समूहको शीप अमेरिकामा मात्र होइन, नेपालको विकासमा पनि काम आउन सक्ने कुरामा जोड दिनुभयो।

DSC03859

च्याप्टरका कोषाध्यक्ष डिल्ली न्यौपानेले यसपटकको कार्यक्रममा इन्जीनिएरहरुको अत्यन्तै उत्साहपूर्ण सहभागिता रहेको कुरा बताउनुभयो।

DSC03846

मेरिल्याण्ड, भर्जिनिया र वासिंगटन डीसी क्षेत्रका करीब १२५ जनाको सहभागी रहेको उक्त कार्यक्रममा संस्थाका सदश्य उत्तम सेढाईले कसरी नयाँ सदश्यता लिन सकिन्छ भन्ने विषयमा चर्चा गर्दै उपस्थित इन्जीनिएरहरुलाई सदस्यता लिई संगठनको भावी कार्यक्रममा सहयोग गर्न आह्वान गर्नुभयो।

DSC_2124

च्याप्टरका अन्य सदस्यहरु मंगल महर्जन, कुलमणि आचार्य, प्रकाश खनाल, रोजी उप्रेती समेतको सक्रियतामा आयोजना भएको उक्त कार्यक्रम साँझ ६:३० बजे बाट शुरु भै राती १२ बजे सम्म संचालन भएको थियो।

DSC_1705

तस्बिर :जोशिला देवकोटा

प्रतिक्रिया