मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०५:१०
वासिङटन डिसी 19:25

अन्तर्राष्ट्रिय ते-क्वान्दो निर्णायक तथा प्रशिक्षक दिनेश श्रेष्ठ बिशेष तालिम प्राप्त गरि स्वदेश फर्के

इनेप्लिज २०७३ वैशाख २१ गते १४:५५ मा प्रकाशित

dinesh 2

अन्तर्राष्ट्रिय ते-क्वान्दो निर्णायक तथा प्रशिक्षक दिनेश श्रेष्ठ अमेरिको करिब दुई महिने भ्रमण पश्च्यात स्वदेश फर्केका छन् l उनले अमेरिका आउनु अगाडी पनि समयमा नै नेपाल फर्कने भनि संचार माध्यमलाई जानकारी गरिएका थिए l

श्रेष्ठले अमेरिकामा बिशेष तालिम लिन सफल भएका छन् l श्रेष्ठले अमेरिकामा भएको यूएस तेक्वान्दो प्रतियोगितामा २०१६ ,रिनो ,नेभादा ,२०१६ यूएस वर्ल्ड ओपन तेक्वान्दो च्याम्पन्शिप पोर्टल्याण्ड ,ओरेगन ,२०१६ म्यारिल्याण्ड राज्यको तेक्वान्दो प्रतियोगिता ब्लेयर ,म्यारिल्याण्ड ,२०१६ भर्जिनिया स्टेट तेक्वान्दो च्याम्पन्शिप ,एलेकज्यानड्रीया भर्जिनिया तथा २०१६ भर्जिनिया च्याम्पनशिप रेस्टन ,भर्जिनियामा आधिकारिक निर्णयकोको भूमिका सफलता पुर्वक गरि नेपाल पुगेका छन् l

dinesh 4

यसको साथै २०१६ एवेरेस्ट वर्ल्ड क्लास ते क्वान्दो प्रतियोगिता बाल्टिमोर म्यारिल्याण्डमा प्रमुख निर्णायकको समेत भूमिका निर्वाह गर्न सफल भएका छन् l

उनले एचके लि एकडेमी तेक्वान्दो का ९ औ कालो फित्ताधारी महा गुरु एचके लि संग बिशेष तालिम प्राप्त गरेका छन् l

dinesh 1

यसको साथै श्रेष्ठले ईगल तेक्वान्दो फेडेरेसन भर्जिनिया तथा वर्ल्ड एवेरेस्ट ते क्वान्दो एकडेमी बाल्टिमोरमा बिशेष अतिथि परीक्षक भै सहभागी जनाएका छन् l

dinesh 3

प्रतिक्रिया