भनिन्छ ।।।पत्रकारको कलम चल्दा, कलमको मसि रगत भन्दा शुद्ध हुन्छ ।’ त्यसैले पत्रकारिता क्षेत्र राज्यले चौथो अङ्ग रुपमा घोषणा गरेको छ । पत्रकारले सधै सत्य, तथ्य र निष्पक्ष भएर कलम चलाउनु उसको पेशागत धर्म हो । त्यहि पेशागत धर्ममा टेकेर यो, पंक्तिको लेख लेख्न बाध्य भएको छु । प्रशंग हो ।।।समृद्ध दैलेखको मूल आधार, उद्यम, कृषि र ब्यापार ।’ भन्ने मुल नाराका साथ ।।।दैलेख महोत्सव २०७३ ।’ अर्थात मध्यपश्चिम क्षेत्रीय औद्योगिक, पर्यटन, कृषि तथा ब्यापार मेलाको । आफैमा फरक पहिचान दैलेख जिल्ला प्राकृतिक स्रोत साधन, धार्मिक र ऐतिहासिक सम्पदाले भरिपूर्ण जिल्ला हो । यहाँ सयौं वर्ष देखि प्राकृतिक स्रोतहरु माटोमूनि दविएर रहेका छन । तीनलाई उत्खनन् गरी प्रयोगमा
ल्याउने हो भने, दैलेख जिल्लामात्र आत्मनिर्भर नभएर देश नै आत्मनिर्भर बनी मासिक करोडौंको रुपैयाँ बराबरको स्रोत साधन नियात गर्ने सक्ने प्रचुर सम्भावना रहेको जिल्ला हो । पञ्चकोशी तिर्थस्थल, नेपाली भाषाको सवैभन्दा पुरानो अभिलेख, दजनौं जात जातिको उद्गम स्थल, सयौं वर्षदेखि निरन्तर पानी माथि बलिरहेको ज्वाला, अर्थात पेट्रोलियम पदार्थ रहेको, दश हजार मेगावाट विद्युत उत्पाद हुने नदी, विश्मको सवैभन्दा महंगो मुल्यको यार्चागुम्वा, नाईनेटिक ढुङ्गा, तामा, फलाम र बाईसे÷चौविसे राज्य मध्ये दुईवटा राज्य भएको जिल्ला हो । त्यसैले यो दैलेख जिल्ला आफैमा एक फरक पहिचान बनाएको जिल्ला हो । यसैको प्रचार ÷प्रसारको लागि भिन्न समयमा विभिन्न कार्यक्रमहरु हुने गरेका छन । जसको पछिल्लो उदाहरण हो, ।।।दैलेख महोत्सव २०७३ ।’
महोत्सवको आयोजना र सन्देश मानव सभ्यातादेखि अहिलेको युगसम्म निहालेर हेर्ने हो भने,
हाम्रो समाजमा रहेका विभिन्न प्राकृतिक स्रोत साधन र कला संस्कृतिलाई जगेना गर्नको लागि विभिन्न प्रकारका मेला, जात्रा मनाउँदै आइरहेका छन । त्यतिवेला यसलाई आफन्त, साथीभाई, इष्टभित्रसँगको भेटघाट, हालखवर सोध÷खोज, सूचनाको आदानप्रदान र आफ्नो सीप प्रयोग गरी उत्पादन गरेका वस्तुहरुको विक्रि वितरण गरी आवश्क पर्ने सामाग्रहीहरु खरित गर्नेको लागि यस्ता मेला र जात्राको आयोजना गर्ने गरिएको थियो । ती नै मेला र जात्राका स्वरु पहरुलाई अहिले बदलिएर महोत्सवको नाम दिने गरिएको छ ।
यसलाई अन्यथा पनि मान्नु पदैंन । किन भन,े समय सापेक्ष परिवर्तन हुन अनौठो कुरा पनि हैन । अनौठो कुरा यो हो, देशमा भएको परिवर्तनसँगै देशभर अहिले महोत्सव गर्ने एक प्रकारको होडवाजी नै चल्दै गएको छ । महोत्सवलाई स्थानीय स्तरमा उत्पादन गरेका बस्तुहरुलाई प्रदर्शन गर्ने, आफ्नो काला÷संस्कृतिलाई जगेना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन नभएर आर्थिक कमाउने उद्देश्यले आयोजना गर्ने गरिएको छ । जुन कोणबाट यसको ब्याख्या विश्लेषण गरिएता पनि सवैको एउटै निचोड रुपैयाँ कमाउने हो ? भन्ने निष्कस निकाल्ने गरेका छन । जसले गर्दा महोत्सवकोे महत्व घट्दैं गएको छ । दैलेख जिल्लामा पनि स्थाानीय स्तरमा उत्पादिन वस्तुहरु प्रर्दशन गर्ने, प्राकृतिक स्रोत साधनलाई उत्खनन्मा टेवा पु¥याउने, जिल्लाको ऐतिहासिक, धार्मिक तथा संस्कृतिलाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन र दैलेख सदरमुकामलाई सीसीक्यामरा जडान गरी नेपालकै पहिलो सीसीक्यामरा जडान गरेको सदुरमुकाम बनाउन उद्देश्यका साथ यहि बैशाख १७ गतेदेखि बैशाख २६ गतेसम्म दैलेख महोत्सव सञ्चालन भईरहेको छ । यसमा जिल्लावासीहरुले गौरव मान्नु पर्दछ । कि न कि, यो महोत्सव सञ्चालन गर्ने यस पटकको आयोजनकको लक्ष्य र उद्देश्य फरक छ । हुन त यस भन्दा अघि पनि दैलेख महोत्सव सम्पन्न भईसकेका छन । तर विडम्बना कुरा गलत नीयतिलाई आत्मसाथ गरेका कारण त्यसको सन्देश राम्रो हुन गएन । जनु पछिल्लो समयमा महोत्सव आयोजना गर्नेहरुलाई हौसला हैन, निरासाको पीडा दियो ।
त्यतिवेलाका महोत्सव नाफा र घाटा जे भएपनि त्यसको लेखा परीक्षण नभएरै इतिहासको कागजी भित्तामा सीमित हुन पुग्यो । यहाँ अन्य कुरा धेरै नलेखौं किन भने, यस्तै विषय बस्तुलाई लिएर योपंक्तिकारको जीवनमा पटक÷पटक आक्रमण भईसकेको छ ।
।।।सत्य तितो हुन्छ तर सत्यले समाज परिवर्तन गर्छ ।’ भन्नेर बुझ्ने मानिसको कमी छ । तर अहिले सञ्चालन भईरहेको महोत्सवले जिल्लाको सार्वजनिक स्थलहरुलाई चट्ट र चिटिक्क नपारिएता पनि ब्यानरलेमात्र सदरमुकाम वेहुलिझै सिङ्गारीएको छ । देखावटी भन्दा पनि यो
महोत्सवको उद्देश्य र लक्ष्य भने पहिलेको महोत्सव भन्दा फरक छ । यसैमा टेकेर काम गर्ने हो भने, अवश्य यो महोत्सव अन्य महोत्सवभन्दा राम्रो नै हुने छ र अवश्य आफ्नो लक्ष्य उद्देश्य हासिल गर्न सफल हुने छ । यो आलेक लेख्दा सम्म महोत्सवमा आउने दर्शकहरुको उपस्तिथि पनि सोचेको भन्दा धेरै उल्लेखनिय छ ।
आन्तरिक र बाह्य दर्शकहरु बराबरीमा महोत्वको अवलोकन गर्न जिल्लामा आएका छन । पक्कै पनि अपेक्षा गरौं उनीहरुले जिल्लाको र महोत्सवको सन्देश राम्रै लिने छन आयोजक पक्षको समन्वयको कमी कुनै पनि कामको थालनी गर्दा ।।।कि आफै जान्नु पर्दछ, कि भनेको मान्नु पर्दछ ।’ यो कसै प्रति आग्रह पूर्व आग्रहले भनिएको हैन । महोत्सव आयोजन पक्षकोे यो नै पहिलो कमजोरी रहन गयो । किन भने महोत्सको लागि कुन समय राम्रो हो ? भन्नेमा ख्याल गरिएन । महोत्सवलाई काम भन्दा पनि प्रचारमूखि बनाईयो । जसरी स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म र जुन तरिकाले प्रचार गरीयो, त्यसलाई आयोजनक पक्षले गम्भिरतापूर्वक नलिएका कारण महोत्सव उत्साजनक देखिएको छैन । जिल्लावासीहरुको आन्तरिक द्धन्द्ध सहतहमै देखिन पुगेको छ । महोत्सवमा आएका कलाकार बद्री पंगेनीले स्टेजमै आफ्नो प्रस्तुतिको वेला ।।।दैलेख महोत्सवमा समन्वयको कमि भयो ।’ भनेर मुख खोलिदिए । यो भनाईले आयोजक पक्षलाई ठूलो झापड लगेको छ । क तै महोत्सवको सन्देश अपेक्षा गरेको भन्दा फरक बाहिर जाने हैन ? भन्ने कुरामा जिल्लावासीको मनमा त्यो शब्दले चसक्क छोएको छ । प्रचार÷प्रसार देखि सम्पूर्ण कामको बाडफाट गर्दा नीति नियमलाई मिचेर संस्था भन्दा ब्यक्ति ठूलो जस्तै गरिएको छ । जसको प्रत्यक्ष उदाहरण हो, आयोजकम पक्षसँग समावेश हुने भनिएका सह–आयोजकहरु नै हात झिक्नु र प्रवेश भिआईपी कार्ड वितरणमा ओहमता र दमोसाई भएको छ । अन्त्यमा जिल्लामा रहेका इतिहासिक, प्राकृतिक स्रोत साधन र कला सँस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन जिल्लावासी यतिखेर रातादिन आ–आफ्नो क्षेत्रबाट विभिन्न कोणबाट प्रयास गरिरहेका छन । जसले दैलेख नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन पुग्ने छ । त्यसै मध्यकै एउटा महत्वपूर्ण पाटो होे, पटक÷पटक आयोजना गरिएका दैलेख महोत्सव ।
त्यसैले अहिले आएर जीवनमा एक पटक अनिवाय दैलेख जिल्ला घुम्नुपर्ने ठाउँ हो भन्ने मानिको संख्यामा बृद्धि हुदै गहिरहेको छ । जुन असाध्यै सरहानीय पूर्ण कार्य हो । यहाँका ऐतिहासिक कला, संस्कृतिलाई जगेन गर्ने जिल्लामात्र नभएर राष्ट्रिय स्तरमा पनि महिनाको एक पटक विभिन्न अन्तरक्रिया, छलफल र बहस गर्ने समेतका कामहरु भएका छन । जिल्लामा विकास निर्माण र ऐतिहासिक स्रोत साधनले प्रयोग गरि आत्मनिर्भर बनाउनको लागि लगानी कर्ताहरु र जिल्लावासीहरु एक जुट हुने गरेका छन । विभिन्न एनजिओ÷इएनजिओ माफत वा ब्यक्ति गत रुपमा हयोग गर्नेहरुको पनि कमि छैन । दैलेख जिल्ला सवै वस्तुको अध्ययन अवलोकन गर्दा अन्य जिल्ला भन्दा केही आकर्षित, विकसित, प्राकृतिक स्रोत साधन र धार्मिक दृष्टिले नेपालको तेस्रो जिल्ला हो । पहिला आयोजना भएका, अहिले सञ्चालन भईरहेको र भोलिका दिनमा आयोजना हुने अन्य दैलेख महोत्सवले दैलेख जिल्लालाई विश्वमाझ चिनाउन सफल हुन भन्ने मेरो अपेक्षा छ ।
दैनिकका प्रकाशक हुन ।
लेखक ।।।दैलेखपत्र’
प्रतिक्रिया