नेजस क्यालिफोर्नियाले संविधान कार्यान्वयनका लागि सार्थक छलफल गर्दै

इनेप्लिज २०७३ वैशाख २० गते ६:१५ मा प्रकाशित

index

०२ मे, २०१६
क्यालिफोर्निया । नेपालमा गत असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको र यसलाई अब व्यवहारमा कार्यान्वयन गर्ने सन्दर्भमा देश तथा विदेशस्थित नेपालीहरुले विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् ।

विशेषतः दशकौं प्रयासपछि करोडौं नेपालीको भाग्य र भविष्यसँग जोडिएको संविधान प्राप्त गर्न जति संघर्ष गर्नुप-यो, त्यसलाई कार्यान्वयनका लागि पनि त्यो भन्दा अझ धेरै संघर्ष गर्नुपर्ने निश्चित छ । कठिन भन्दैमा नेपालीहरु सबैले आ आफ्नो भूमिकाबाट उम्कन मिल्ने अवस्था छैन । नेपालमा जारी भएको संविधान र त्यसलाई कार्यान्वयन गराउनका लागि नेपालमा रहेका दाजुभाई दिदीबहिनीको जति भूमिका रहन्छ, विदेशमा रहेका नेपालीहरुले पनि आ–आफ्नो ढंगबाट भूमिका प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछन् । यही यथार्थलाई आत्मसाथ गर्दै अमेरिकामा रहेको नेपाली काँग्रेस निकटको नेपाली जनसम्पर्क समिति (क्यालिफोर्निय) ले पनि ‘नयाँ नेपालको नयाँ संविधान : नेपाली काँग्रेसको भूमिका’ विषयक बृहत अन्र्तक्रिया कार्यक्रम आयोजना गर्दैछ ।

यही मे ३ तारिखका दिन हुने सो कार्यक्रमको प्रमुख आकर्षण काँग्रेसका पूर्व कार्यबाहक सभापति एवं बरिष्ठ नेता रामचन्द्र पौडेल रहनुहुने भएको छ । नेपाली काँग्रेसभित्र एक निर्भिक, निडर र तथा सालीन व्यक्तित्व भएका पौडेल आफैंमा निष्टाको राजनीति गर्ने राजनीतिज्ञको रुपमा परिचित हुनुहुन्छ । त्यसैले सो कार्यक्रममा उहाँले आफ्नो विगतदेखि वर्तमानसम्मको अनुभव, भावी कार्ययोजना र त्यसमा जनसम्पर्क समिति र अन्य नेपालीजनहरुले खेल्नुपर्ने भूमिकालगायतका विषयमा स्पष्ट विचार राख्नुहुने भएको छ ।

साथै सो कार्यक्रममा विशेष अतिथिको रुपमा हालै सम्पन्न १३ औं महाविधेशनबाट काँग्रेस महामन्त्रीमा विजयी काँग्रेसका प्रभावशाली नेता शशांक कोइराला रहनुहुने भएको छ । नेपाली काँग्रेसको प्रशंग उठाउँदा जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाम उच्चारण नगर्न सकिँदैन । उनै महामानव विश्वेश्वरप्रसाद कोइरालाको सुपुत्र, नेपाली काँग्रेसभित्र एउटा प्रतिभावान् तथा आशलाग्दो भविष्य बोकेका नेता शशांक कोइरालाले सो कार्यक्रममा आफ्नो बौद्धिक खुराक प्रस्तुत गर्नुहुने भएको छ ।

यस्तो मौका प्रवासी नेपालीहरुलाई कमै मिल्ने गर्दछ । शशांक कोइराला पाकाहरुको लागि आशाको केन्द्र हुनुहुन्छ भने युवाहरुको ढुकढुकी बनिसक्नुभएको छ । त्यसैले नेपाली जनसम्पर्क क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पाले कार्यक्रममा उपस्थित भएर नेपालको नयाँ संविधान, यसका विभिन्न पाटा र पक्षहरुको बारेमा एक सिद्धहस्त व्यक्तिसँग अन्र्तक्रियामा सहभागी हुन क्यालिफोर्नियाबासी नेपालीजनहरुलाई विशेष आग्रह गर्नुभएको छ । नेजस क्यालिफोर्निया (अमेरिका) च्याप्टर र यसका सभापति शेर्पाको विशेष अगुवाईमा हुन लागेको यो कार्यक्रममा जतिधेरै नेपालीहरुको सहभागिता रहन्छ, त्यतिनै संविधानका अन्र्तवस्तु र धारा, उपधाराको विषयमा जानकारी लिने अवसर प्राप्त हुने निश्चित छ ।

त्यतिमात्रै होइन इतिहास बोकेको नेपालको एउटा पार्टी अर्थात् नेपाली काँग्रेस र सिँगो काँग्रेसीजनहरुलाई नयाँ संविधान कार्यान्वयनका लागि आफूले खेल्नुपर्ने भूमिकाको बारेमा जानकारी बोध हुने अवसरको रुपमा प्रस्तुत कार्यक्रमलाई लिन सकिन्छ । सो अवसरमा १३ औं महाविधेशनबाट विशेष मतका साथ महामहन्त्रीमा विजयी शशांक कोइरालालाई शुभकामना तथा बधाई दिने कार्यक्रम पनि रहेको छ । कार्यक्रम मे ३ तारिक मंगलबारका दिन साँझ ५ बजे स्थानीय 440 ellis ST San Francisco (OM Mandala) मा हुने बताइएको छ । सो कार्यक्रममा उपस्थित भै नयाँ संविधान कार्यान्वयनमा आफ्नो हिस्सा सुरक्षित गर्न र कार्यक्रमलाई सफल पारिदिनुहुन नेजस क्यालिफोर्निया च्याप्टरका सभापति शेर्पाले सबैलाई विशेष अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया