थाइल्याण्डमा ‘नेपाल फेस्टिबल’ : थाई विदेशमन्त्रीले नेपालका लागि गरे यस्तो प्रार्थना

इनेप्लिज २०७३ वैशाख १८ गते १५:१२ मा प्रकाशित

rabindra-mishra-corropction-abhyan

विदेशमन्त्री परमुदविनाइलाई प्रशंसा पत्र प्रदान गर्दै एनआरएन अध्यक्ष ढकाल । बैंकक, १८ वैशाख । थाईलेन्डका नेपालीहरुले गतवर्ष नेपालमा गएको महाभूकम्पमा सहयोग गरेकोमा औपचारिक कार्यक्रमको आयोजना गरी थाईलेन्डलाई धन्यवाद दिएका छन् । नेपाली राजदूतवास र गैर आवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको आयोजनामा पाँच दिनअघि सुरु भएको ‘नेपाल फेस्टिबल’को समापन दिन अप्रिल २५ तारिकमा सेन्ट्रल वर्डमा ‘थेंक यू थाईलेन्ड’ कार्यक्रमको योजना गरिएको एनआरएनए थाईलेन्ड सञ्चार बिभागले जनाएको छ । उक्त ५ दिने मेलाको प्रस्तोता नेपाल पर्यटन बोर्ड रहेको थियो । धन्यवाद ग्रहण गर्न थाईलेन्डका तर्फबाट प्रमुख अतिथिको रुपमा उपस्थित थाइल्याण्डका विदेशमन्त्री दन परमुदविनाईले यदि कुनै इच्छा भगवानसंग गर्न मिल्ने भए आफूले अप्रिल २५ कहिलै नेपालीलाई फेरि नओस भन्ने इच्छा रहेको बताए । एनआरएनको सक्रियतामा भएको उक्त कार्यक्रमको विदेशमन्त्री परमुदविनाइले प्रशंसा गर्दै नेपाल फेस्टिबलले दुइ देशबीचको संस्कृतिक एबम् ब्यापारिक सहकार्यमा ठूलो योगदान पुग्ने बताए ।

Nepal-Festival-Thailand-3-768x512

धन्यवाद दिने कार्यक्रममा एनआरएनएको तर्फबाट थाइलेण्डलाई धन्यवाद अध्यक्ष खगेन्द्रराज ढकाले विदेशमन्त्री परमुदविनाइलाई प्रशंसा पत्र दिएर गरेका थिए भने नेपाल सरकारको प्रतिनिधिको हैसियतले नेपाली राजदूत खगनाथ अधिकारीले धन्यवाद दिँदै थाइल्याण्ड सरकारी एबं गैरसरकारी सबै पक्षबाट भएको सहयोग उल्लेखनीय रहेको बताए । एनआरएनए थाइल्याण्ड अध्यक्ष ढकालले भूकम्पको बेला थाईलेन्डका गल्ली गल्लीमा नेपालको सहयोगको लागि गरिएको पहल र थाईहरुको सहभागिता जीवनमा कहिलै पनि बिर्सन नसक्ने बताए ।

मोटर साइकल चालकदेखि ट्याक्सी चालकसम्मले आफूलाई सहयोग गरेको बताउदै ढकालले एनआरएनएमार्फत मात्रै करिब ६ मिलियन नेपाली पैसा र ६ टन राहत सामग्री सहयोग संकलन भएको स्मरण गरे । थाईलेन्डका राजपरिवार, थाई आर्मी अन्य सरकारी, गैर सरकारी संघ संस्था र व्यक्तिगत रुपले पनि धेरै नै ठूलो सहयोग रहेकोले अरु केहि गर्न नसके पनि धन्यवाद भन्नु आफ्नो कर्तब्य ठानेर कार्यक्रम आयोजना गरिएको अध्यक्ष ढकालले सम्बोधनमा बताए । धन्यवाद कार्यक्रममा राजपरिवारका सदस्य सम्माननीय मम राचावोङ्ग चिरकोम किटियाकाराको पनि उपस्थिति थियो । दर्जनौ कुटनीतिक नियोगका प्रतिनिधिहरु, विभिन्न विश्वविद्यालयका प्राध्यापक एबम् कार्यकारीहरु, कलाकारहरु, सामाजिक एबं धार्मिक संघ संस्थाका प्रतिनिधिहरु र ठूलो संख्यामा पत्रकारहरुको उपस्थिति थियो । उक्त धन्यवाद समारोहमा नेपाली ब्याण्ड सुर सुधाले सांगीतिक प्रस्तुति गरेको थियो भने कल्चर एक्सप्लोर नेपाल र स्थानीय थाई नेपाली कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए । पाँच दिनसम्म चलेको उक्त नेपाल फेस्टिभलको उद्घाटन नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोखरेल, थाइल्यान्डका संस्कृति मन्त्री वीरा रोज्पोन्चनरा र पर्यटन तथा खेलकुद उपमन्त्री चाबानी तंग्रोचले संयुक्त रुपमा गरे । उद्घाटन सत्रमा थाईलेन्डका संस्कृति उपमन्त्रीको पनि उपस्थिति थियो । उद्घाटन कै क्रममा एभेरेस्ट बेस क्याम्प नामक क्रिट कुन्प्लिन द्वारा लिखित पुस्तकको बिमोचन पनि गरिएको थियो । उद्घाटन कार्यक्रमलाई गैरआवासीय नेपाली संघ केन्द्रीय समितिका उपाध्यक्ष भवन भट्ट, एनआरएन एशिया प्यासिफिक संयोजक किरण बिक्रम थापा पनि बिशेष अतिथिको रुपमा सहभागी भएका थिए ।

Nepal-Festival-Thailand-2-768x511

एनआरएनए का दुवै अन्तर्राष्ट्रिय नेताहरुले महोत्सबको प्रायोजन पनि गरेका थिए । फेस्टिभलमा १८ वटा नेपाल मा उत्पादित सामाग्रीहरु , हस्तकलाका सामाग्रीहरु, नेपाली खाना, पर्यटन र संस्कृति समन्धी स्टलहरु राखिएका थिए । लुम्बिनी बिकाश कोषले भिजिटर हरुलाई लुम्बिनी को पबित्र माटो निशुल्क वितरण गरेको थियो. फेस्टिभलको पाँचै दिन स्टेजमा नेपाली कला, संस्कृति, भेषभुषा, लगानी र व्यापार जस्ता बिसयमा भएका प्रस्तुतिले सेन्ट्रल वोर्ल्ड गुन्जी रह्यो । स्टेजमा थाईलेन्डका प्रसिद्ध कलाकारहरु, सगरमाथा आरोहीहरु, नेपाल बारम्बार भ्रमण गर्ने संस्कृतिक पर्यटकहरु, भूकम्पमा उल्लेखनीय सहयोग गर्ने थाई संघ संस्थाहरु, एबं सेलेब्रेटीहरुले नेपालको विषयमा गरेका प्रस्तुतिले नेपालीहरुका आँखा रसाएका थिए । पाँचै दिन भिडभाडकासाथ चलेको उक्त फेस्टिभल १० लाख भन्दा माथिले भ्रमण गरेको अनुमान एनआरएनए थाईलेन्डका महासचिब रवि महर्जनको छ ।

Nepal-Festival-Thailand-1-768x512

फेस्टिभलको समापनको उक्त कार्यक्रमबाटै एनआरएनए थाइल्याण्ड अध्यक्ष ढकालले नेपाल सरकारका उच्च पदाधिकारीहरु, थाई सरकारका उच्च पदाधिकारीहरु, सेन्ट्रल वोर्ल्ड, नेपाल पर्यटन बोर्ड, लुम्बिनी बिकास कोष, टिबिआइ ग्रुप, स्टाइलो कलेक्सन, ओरिएण्टल कार्पेट, थाई नेपाली संघ, थाई नेपाल चेम्बर अफ कमर्स, मित्रा हेन्ड वोर्क, नमो बुद्धया क्लब, हिमालय रेजिडेन्स, सुर सुधा ब्याण्ड, एआइटि नेपाली समाज, वेब्स्टर नेपाली समाज, कल्चर एक्सप्लोर ग्रुप, आयोजक एबम् तयारी समितिहरु, एनआरएनए थाइल्याण्डका संरक्षक, सल्लाहकार, राष्ट्रिय एबम क्षेत्रीय समितिहरुका साथै सम्पूर्ण सहयोगी हातहरुप्रति आभार ब्यक्त गरेका थिए ।

प्रतिक्रिया