मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०१:३७
वासिङटन डिसी 15:52

राजनीतिक कुरा नगरौं, अब जनताले सहँदैनन्ः नेता नेपाल

इनेप्लिज २०७३ वैशाख १८ गते १२:२६ मा प्रकाशित

Nabina-Lama-5

काठमाडौ, १८ बैशाख । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेपाली जनताले अब राजनीतिक कुरा सुन्न नचाहने भएकोले नेताहरुले राजनीतिक कुरा गरेर समय खेल फाल्न नहुने तर्क गरेका छन् । मातृ सेवा प्रतिष्ठान नेपालको आर्थिक सौजन्यतामा गोरखा मिलन समाज पोखराद्धारा सञ्चालित डा. शान्ति पाण्डे स्मृत्ति छात्रबृत्ति वितरण समारोहको उद्घाटन गर्दै नेता नेपालले अब मुलुकको आर्थिक समृद्धिको कुरा गर्नुपर्ने बताए । उनले आर्थिक र सामाजिक क्रान्तिलाई सँगसँगै अगाडि लैजानुपर्ने आवश्यकतामा जोड दिदै आर्थिक समृतिकोलागि राजनीति स्थायीत्व कायम गर्नतर्फ लाग्न सबैलाई आह्वान गरे । छात्रबृत्तिमै वर्षमा झण्डै ५० लाख रुपैयाँ वितरण गर्ने हरिप्रसाद पाण्डे जस्तो निष्ठावान समाजसेवी आफूले कतै नदेखेको उल्लेख गर्दै पाण्डेको समाजसेवा ईतिहासमा इंगित हुने विश्वास ब्यक्त गरे । नेपालले पाण्डेको जलस्रोत तथा उर्जा मन्त्रालय सञ्चालनको सुखद अनुभव सुनाउँदै उहाँजस्तै निस्वार्थ काम गर्ने मानिसको मुलुकलाई अहिले पनि आवश्यकता रहेको बताए । अग्रज समाजसेवी हरिप्रसाद पाण्डे र तुलसा पाण्डेले आफ्नी छोरी स्वर्गिय डा. शान्ति पाण्डेको स्मृत्तिमा २०६६ सालदेखि वितरण गर्न थालेको छात्रबृत्ति यसवर्ष ४८ जिल्लाका १३१ विद्यार्थीलाई जनही ५० हजारको दरले ४४ लाख ५० हजार रुपैयाँ वितरण गरिएको थियो । सो छात्रबृत्ति नसिंङ र प्यारामेडिकल अध्ययनरत छात्रालाई प्रदान गरिदै आएको छ । कार्यक्रममा विशेष अतिथि रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले समाजसेवी हरिप्रसाद पाण्डे मदर टेरेसा जस्तै समाजसेवामा ठूलो छाति भएको ब्यक्तित्व भएको भन्दै पाण्डेबाट आम नेपालीले धेरै कुरा सिक्नुपर्ने बताए । उनले छात्रबृत्ति पाएर अध्ययन गर्नेहरुले पाण्डे जस्तो आफूलाई समाजसेवामा समर्पित गर्नु पर्ने सुझाव दिए । धमलाले कार्यक्रममै पाण्डेले प्रस्तुत गरेको आफ्नो नेपालमा जलविद्युतको विकास सम्बन्धी प्रस्तावलाई राष्ट्रिय एजेण्डाको रुपमा बहस चलाउने प्रतिबद्धता ब्यक्त गर्दै अब क्लबले विकासको मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । कार्यक्रममा गोरखा मिलन समाज पोखराका अध्यक्ष सूर्य क्षेत्री, मातृ सेवा प्रतिष्ठान नेपालका अध्यक्ष हरिप्रसाद पाण्डे र उपाध्यक्ष श्रीमति तुलसा पाण्डेले आफ्नो समाजसेवाको कार्यको विषयमा प्रकाश पार्दै समाजसेवाले आफूहरु खुसी हुने गरेको अनुभव सुनाएका थिए ।

प्रतिक्रिया