हट नायिका नरगिस भन्छिन्, ‘खराब समीक्षाले म डूबे’

इनेप्लिज २०७३ वैशाख १८ गते १२:२४ मा प्रकाशित

Nabina-Lama-5

मुम्बई । अमरीकी मुलकी मोडल एवम् अभिनेत्री नरगिस फाकरीले इम्तियाज अलीको २०११ मा आएको फिल्म रकस्टारबाट आफ्नो फिल्मी करियर सुरू गरेकी हुन् । पाँच वर्षे फिल्मी करियरमा नरगिसले बलिउडमा आफूले कटरीना कैफले जस्तै सफलता पाउन नसक्ने बताएकी छिन् । भारतीय क्रिकेट टीमका पूर्व कप्तान मोहम्मद अजÞहरुद्दीनको जीवनमा आधारित फिल्म ‘अजहर’मा नरगिस फाकरीले नब्बेको दशकी अभिनेत्री संगीता बिजलानीको भूमिकामा देखिनेछिन् । संगीता बिजलानीले क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग विवाह गरेकी थिइन् । बीबीसीसँगको कुराकानीका क्रममा नरगिस फाकरीले संगीता बिजलानीको भूमिकालाई लिएर आफूमा कुनै प्रकारको दबाब नरहेको बताएकी छिन् । नरगिसले आफ्नो बलीवुडको यात्रा सहज नरहेको बताउँछिन् । भन्छिन्, ‘रकस्टार’पछि मेरो अभिनयलाई लिएर खराब समीक्षा भयो, त्यसलाई मलाई ठूलो आघात पुगेको छ ।’ वरुण धवन र उदय चोपडालाई नरगिस फाकरीले फिल्मी इंडस्ट्रीमा आफ्नो नजिकको साथी मान्छिन् । अरुलाई धेरै नजिकको साथी बनाएकी छैनन् । २०१६ मा नरगिसको चार फिल्म आउँदैछ । ‘अजÞहर’, ‘हाउसफुल ३’, ‘बैंजो’ र ‘ढिशूम’ रहेका छन् ।

प्रतिक्रिया