काठमाडौँ सहरमा दिनहुँको जात्रा/माइक्रो बसको यात्रा

इनेप्लिज २०७३ वैशाख १८ गते २:०० मा प्रकाशित

sadhan

काठमाडौँ ,/साधना बस्नेत , कथ्मंदुमा यौटा यस्तो जमात छ जसको दिनहु जात्र भैरहेको हुन्छ ,यो जात्रामा कैयौं पय्लिंचन कति धकेलिन छन् ,र कति बेहोस हुन्छन् यो कहालीलाग्दो जात्रामा मन नलागी नलागी सहभागी हुनै पर्ने बाध्यता छ जात्रा सुरु हुन्छ हरेक बिहान ९ बजे बाट यौटा यस्तो जात्रा जहाँ चिटिक परेका सफा सुघर पोसाकमा सजियका मानिसहरुको जमात भेटिन्छन्  र कुनै सवारी साधन औनासथा छिनमै यस्तो जात्र हेर्न मिल्छ जहाँ मानिसहरुको यक हुल यसरि दौधन्क्षन् कि त्यो दौड जित्नेले ठुलै पुरस्कार प्राप्त गर्छन
हेर्दा निकै भलादमी , क्षिक्षित देखिने ति मानिसहरु यकि छिनमा जनावर जस्तो भयको देख्दा अचम को दिर्साया दखिन्छ यो दौडमा बाचा बाची बुदा बुडी बिरामी असखता पनि छन् है भनी कुराको कसैले खेल नै गर्दैन  कलंकीको बस स्टेशन देखी रत्नपार्कको पुरानो बसपार्क सम्म यो मेला दिनहु लाग्छ मेला भर्ना लाखौको संख्यामा मानिसहरु आउने गर्छन् ९ बजे कलंकी मा यो जात्र सुरु हुन्छ यौटा बस वा माइक्रो आउनासाथ तछाड मछाड गर्दै यक्लय अर्कोलाई प्यल्दै मानिसहरु बस पकड्न दौदिन्चन जो अगाडी भयो उसैले गन्तब्य सम्म जना पायो बलिया हरु त्यो बसको ढोकामा झुन्दियारा आफ्नो जान को माया नै मारी जानछन् कमजोरहरु अब ढिला भयो गाली खानु पर्चा भन्दै फत्फताउदैसरकारलाई सराप्दै बस्छन् करिब दिन को ११ बजे सम्म यो जात्र जारी रहन्छ  ५ बजे पछि फेरी यो जात्रा सुरु हुन्छ रत्नपार्क को पुरानो बसपार्कमा दिनभरिको कामको थकान ले लुत्रुक परेको सरीर लिएर उभिरहेका हजारौंको जमात हुन्छ यहाँ सबैको आखाँ कुनै यस्तो बस्तुको प्रतिक्षामा हुन्छ यस्तो तिब्र पर्खाइ भैरहेको हुन्छ कि त्यो उनीहरुको सबै भन्दा प्रिय बस्तु हो । एक्कासि त्यो जमात यसरी दौडछन् कि कुनै म्याराथुनमा भाग लिइरहेका छन् वा भनुँ काठमाण्डौैमा लाग्ने मच्छेन्द्रनाथको रथ तान्ने जात्रामा फालिने नरिवलको गट्टा छोप्नलाई मानिसहरु आफ्नो ज्यानको माया मारेर दौड्छन् । पाउने दङ्ग पर्छन् नपाउने निरास भएर टुलुटुलु हेरी बस्छन् फेरी आर्को नरीवल फाल्ला र समातुला भनेर चनाखो भएर बसीरहेका हुन्छन् । जात्रा फरक होला तर तरिका एउटै प्रक्रिया एउटै छ यो जात्राको ।
नरिवल पाउनेले पनि कहाँ मिठो गरी खान पाउछ र यहाँ जब बसको यात्रा शुरु हुन्छ मान्छे मान्छे रहदैन अब , साधरण मानिस अपराधि सरह हुन्छ अपराधिलाई पनि शारिरिक सजाए दिन मिल्दैन तर यहाँ त बिना कसुर सजाए दिइन्छ , सजाए दिइन्छ भनु या आफै लिन गइन्छ यो सजाए लिनु बाध्यता हो । रहर होइन ।
यसो हेर्दा लाग्दछ यो मानिस नै बोक्ने गाडी हो त रु मानिस नै बोकीरहेको छ त यसले , यसरी कोचीएको हुन्छ कि ति मानिस होइनन् कपास हो जति खाँदे पनि अटाउँछ । बसमा एउटा खुट्टा अँट्ने ठाँउसम्म रहेपनि सहचालकले मान्छे हाल्न छोड्दैन भने हामीलाई पनि एउटा खुट्टा राख्न पाए पनि पुग्छ । के बच्चा के बुढा, के बिरामी सबै सरोबर कोच्चिएर आधा घण्टाको यात्रा दुई घण्टा लगाँउदा कति बसमा नै बहोस हुन्छन् । यो भिडभाड , उकुसमुकुस, कोचाकोच अनि ट्राफिक जाम देख्दा लाग्दछ यो सार्वजनिक गाडी चढ्ने मानिसले ठूलै पाप गरेका रहेछन् र सजाए भोगिरहेका छन् ।
यो एक दिनको जात्रा होईन । काठमाण्डौंमा दिनहूँ हुने जात्रा हो । तर हामी सबै यो जात्रा कार्यलय स्थल आउँदा र घर फर्कदा मात्र समझन्छौं ।
यो सब हेर्दै अहोदामा बसेका माननिय भनाउँदाहरु भने मुसुक्क मुस्कुराउदै चोर औंला तेर्साउदै भन्दा हून् क्या गज्जबको काम गरिएछ, यि जनतालाई सकेसम्म दुःख दिनुपर्छ ,भेडाबाख्रा बनाउनुपर्छ बल्ल हामीले रजाई गर्न पाउछौं ।
के यसको समाधान नभएकै हो त रु के कारणले काठमाण्डौंको जनघणत्व दिनहुँ बढेको बढै छ त रु  बच्चै देखुन हामीले राम्रो म भनेर पढ्यौं । यो राम्रो भन्ने भ्रमात्मक शब्दले गर्दा मानिसहरु यसतर्फ आकर्षित भईरहेका छन् । राम्रो शिक्षा,स्वास्थ्य,जागीर ,घर,हस्पितल , सुख सुविधाको लालचमा दिनहूँ जनसंख्याको चाप बढिरहेको छ काठमाण्डौंमा । सरकारले सुविधाहरु विकेन्द्रीकरण गर्न नसक्नु र सबै ठूला मुख्य कार्यालयहरु काठमाण्डौंमुखी बनाइदिनुले पनि मानिस यहाँ आउन बाध्य छन् ।
अहिले भन्ने नै हो भने गाउँमा कुनै युवा भेटीदैनन् कि त विदेश कि त शहर पसेका छन् । यखि बेलैका सरकारले ति युवाको हावश्यकतालाई ध्यालमा राखेर कार्य गरेको भए न कोही विदेशिनु पथ्र्याे न शहर पस्न । यखि हरेक गाउँलाई शहरमा परिणत गर्ने हो भने सबै ठाउँमा जनसंख्या समान भई एक सुन्दर नेपालको निर्माण गर्न सकिन्छ ।
किन मानिसहरु आफ्रनो अन्नबाली हुने बिगाको बिगा जमिन बेचेर चार आना जग्गा किन्न शहर पसिरहेका छन् यसतर्फ सरकारको ध्यान कहिले जानेरु माओवादी समस्या समाधान भएको यति लामो समय बितिसक्दा पनि माओवादि पिडीतहरुको पूनस्थापना किन हुन सकिरहेको छैन । जब सम्म यि कुराहरुको व्यवस्थापन हूदैन यो दिनहूँको जात्रा भोगी नै रहनुपर्छ । यति हुदा हुँदै अझ नपुगेर घण्टौँको ट्राफिक जाममा बस्न बाध्य हुनुपर्छ । आधा घण्टाको बाटो जान दुई घण्टा अगाडी नै निस्कनुपर्छ ।
ट्राफिक व्यवस्थापन सहि ढङ्गबाट सञ्चालन नहुँदा लाखौं जनताले दुःख पाइरहेका छन् । घरपालुवा जिवजन्तुहरु बाटोमा यत्रतत्र छोडीदिदा दिनहूँ दूर्घटना हुने गरेको छ । साँघुरो दुई तर्फी बाटो हुनुले ट्राफिक जाम झनै बढाएको छ । वैकल्पीक बाटो र वान वे बाटो बढाउने हो भने ट्राफिक कन्ट्रोल गर्न निकै मद्घत मिल्दछ । त्यस्तै हाईवेमा गुड्ने ठूला ट्रीपरहरु पिक आवरमा नचलाउने हो भने र बेग्लाबेग्लै रुट बनाउन सकेमा यो दिनहुँको जात्रा बाट केही मुक्ति पाउन सकिन्छ ।

–तस्वीर : विजय गजमेर

Microyatra-Bijay-Gajmer (1)

प्रतिक्रिया