नेपाल पुनर्निर्माणको लागि अमेरिकाको पित्ट्सबर्गमा म्याराथुन दौड

इनेप्लिज २०७३ वैशाख १८ गते १:३९ मा प्रकाशित

Orlen_Warsaw_Marathon_2014_al._KEN

गत बर्ष विनासकारी महा भूकम्पको चपेटामा परि नेपालले ठुलो जनधनको क्षति बेहोर्नु पर्यो l भूकम्प पश्च्यात अन्तरराष्ट्रिय विश्व समुदायको सहयोग अतुलनीय रह्यो l यस्तै गरि नेपाललाई निरन्तर सहयोग गर्ने पवित्र उदेस्य बोकेको अमेरिकाको सोरवे फाउन्डेसनको पहलमा अमेरिकाको पेनसेलभेनिया राज्यको पित्ट्सबर्गमा म्याराथुन दौड दौडको आयोजना गरिने भएको छ l

दि सोरवे फाउन्डेसन पित्ट्स बर्ग म्याराथुन २०१६ नामक कार्यक्रम आगामी मे १ ,२०१६ तारिखमा अमेरिकाको पेन सेलभेनिया राज्यको पित्ट्सबर्गमा हुने भएकोले भब्य तैयारी भै रहेको जानकारी आयोजकले दिएका छन् l

सोरवे फाउन्डेसन पूर्ण नेपाल प्रति समर्पित प्रतिष्ठान हो भने यसले बिशेष मुख्य तया आपतकालीन खतरा न्यूनीकरण र भबिष्यमा नेपालमा भूकम्प बाट थप क्षति हुन् बाट कसरि बच्ने बिषयमा हेर्ने जनाएको छ l

नेपालको पुनर्निर्माणको लागि २५ हजार डलर आर्थिक सहयोग जुटाउने लक्ष्य राखिएको छ l मे १ तारिखमा हुनु २ दिन अप्रिल २९ तारिख सम्म ५ हजार ४ सय डलर संकलन भै सकेको छ l उक्त म्याराथुन दौडमा नेपालका लागि नेपालका लागि पुर्व अमेरिकन राजदुत स्कट एच डेलिसी पनि उक्त म्याराथुन दौडमा भाग लिने पक्का भएको छ भने नेपाली समुदायका तर्फ बाट गैर आवासीय नेपाली संघ अमेरिकाका संस्थापक अध्यक्ष सुमन राज तिम्सिना लगायत अन्य विशिष्ट व्यक्तिहरुको सहभागिता रहने भएको छ l

सोरवे फाउन्डेसनले इन्टरनेसनल डेवलपमेन्ट इन्सटी ट्युट ,वाशिंगटन डिसी ,अपरेसन्स नमस्ते ,इम्पावर नेपाल फाउन्डेसन ,नेपाल युथ फाउन्डेसन ,मिसन रिबिल्ट तथा अन्य संस्थाहरु संग हातेमालो गर्दै काम गरि रहेको छ l म्याराथुनमा उठेको सम्पूर्ण रकम नेपाल को पुनर्निर्माणमा मात्र खर्च गरिने बताइएको छ l

PittsburghMarathonLogos_BOA_v2

प्रतिक्रिया