बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १४:२७
वासिङटन डिसी 04:42

अमेरिकामा शशांक कोइराला द्वारा खेलाडी सम्मानित

इनेप्लिज २०७३ वैशाख १७ गते २३:२२ मा प्रकाशित

ujjwal 1

गत अप्रिल २४ तारिख अमेरिकाको भ्रमणमा रहेका कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले डिसी महानगर क्षेत्रमा जन सम्पर्क समिति भर्जिनिया शाखाले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अमेरिकामा नेपाल र नेपालीको नाम उच्च राख्न सफल नेपाली मुलका तीन खेलाडीलाई सम्मान गरेका छन् l

कोइरालाले उनीहरुलाई प्रशंसा पत्र बितरण गर्दै बधाईको साथ राष्ट्रको नाम उच्च राख्न सकेकोमा खुसि प्रकट गरेका थिए l डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका करातेमा ७ स्वर्ण ,४ रजत र ४ कास्य को साथै ते क्वान्दोमा समेत १ स्वर्ण पदक बिजेता उज्ज्वल ठकुरी सम्मानित भएका छन् l ठकुरीले १० वटा राज्यहरुमा खेल खेलेर अवकास लिने पुर्व घोषणा गरेका छन् l

chandra lama

यसै गरि नेपाली मुलका भारत्तोलन रुप कार्कीलाई पनि सम्मान गरिएको छ l कार्कीले केहि समय अघि वेस्ट भर्जिनियामा भएको भारत्तोलन प्रतिस्प्रद्धामा दुई वटा स्वर्ण पदक हात पारेका थिए l उनले आफ्नो वजन २ सय २० पौण्डको तौल समुहमा सबै भन्दा ज्यादा वजन उठाएका थिए भने सम्पूर्ण खेलको औसतमा सबै भन्दा ज्यादा बलियो व्यक्तिमा समेत अर्को स्वर्ण पदक समेत हात पार्न सफल भएका थिए l

यसै गरि बिभिन्न राष्ट्रमा नेपालको प्रतिनिधि भै विश्वमा नेपालको गौरब बढाउन सफल भुतपुर्ब राष्ट्रिय उशु खेलाडी तथा भुतपुर्ब ओलम्पिक कमिटिका सदस्य चन्द्र लामालाई पनि सम्मान गरिएको छ l लामा डिसी महानगर क्षेत्रमा रहेको समाज सेवाको साथै अन्य खेलकुदमा त्यतिकै क्रियाशील तथा समर्पित छन् l कार्यक्रम जन सम्पर्क समिति भर्जिनिया शाखाका सभापति राम शरण हुमागाईको सभापतित्वमा सम्पन्न भएको थियो l

rup karki 1

u4

प्रतिक्रिया