बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं २०:५६
वासिङटन डिसी 11:11

इण्डियन्सद्वारा नाइट राइडर्स छ विकेटले पराजित

इनेप्लिज २०७३ वैशाख १७ गते १७:०२ मा प्रकाशित

IPL-2

मुम्बई, १७ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । बिहीबार राति भएको खेलमा कोलकाताले दिएको १ सय ७५ रनको लक्ष्य मुम्बई इन्डियन्सले १८ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । मुम्बईका लागि कप्तान रोहित शर्मा ६८ र पोलार्डले ५१ रनमा नटआउट रहे । यस्तै रायडुले ३२ र जोस बट्लरले १५ रनको योगदान दिएका थिए । कोलकाताका लागि सुनिल नारिनेले दुई विकेट लिए भने उमेश यादव र शकिब अल हसनलले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले व्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो । कोलकाताका कप्तान गौतम गम्भीरले सर्वाधिक ५९ रन बनाए । यस्तै रोबिन उथप्पाले ३६, आन्द्रे रसेल २२, सूर्यकुमार यादव २१ रन बनाएका थिए । यस्तै क्रिस ल्यान १० र युसुफ पठान १९ रनमा नटआउट रहे । कोलकाता ६ खेलबाट ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा यथावतै छ भने ८ खेलमा ४ जित निकालेको मुम्बई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । – एजेन्सी

प्रतिक्रिया