नयाँ बर्ष कार्यक्रममा स्विटजरल्याण्डबासि नेपालीहरु छमछम नाचें

इनेप्लिज २०७३ वैशाख १५ गते २२:२५ मा प्रकाशित

swiss 1

स्विटजरल्याण्डमा बसोवास गर्दै आएकी समाज सेवी बिमला हायोज बस्नेत र बर्षा हायोज बस्नेतकोको आयोजनामा नेपाली नयां बर्ष कार्यक्रम गत २४ अप्रिल २०१६ आइतवारका दिन सम्पन्न भएको छ ।

उक्त कार्यक्रमलाइ धमाका गर्न नेपालबाट चर्चित र व्यस्त गायिका अञ्जु पन्त र नेपाली लोक पप गायक पोर्चुगलबाट आएका बिष्णु क्षेत्री लगाएत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । नेपाली लोकसंगीतका सफल गायक राजु परियारको उपस्थित रहने भनिएता पनि केहि व्यक्तिगत कारणवस आउन नसकेको आयोजकले बताए । कार्यक्रममा चर्चित गायक गायिकाहरुको सांगीतिक थुप्रै कोसेलीहरुमा स्विटजरल्याण्डबासि नेपालीहरु कम्मर मर्काइ मर्काइ नाचेका थिय ।

swiss 2

प्रमुख अतिथि बिन्दु स्ताइनमानद्वारा मैन प्रज्वलन गरि कार्यक्रम संचालन गरिएको थियो । बिन्दु स्ताइनमान स्विटजरल्याण्डको नेपाली समाजमा भित्रिने पहिलो नेपाली हुन् । कार्यक्रम संचालन गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डका महा सचिव भुमि गुरुङले गर्नु भएको थियो भने स्वागत कार्यक्रम बर्षा हायोजले गरेकी थिइन् । उक्त कार्यक्रममा विभिन्न संघ संस्था र समाजका प्रतिनिधिहरुलाई आसन ग्रहण गराइएको थियो भने बिश्व साईकल यात्रामा निस्किएका ताप्लेजुङ्गका लोक बन्दु कार्की र काभ्रे पलान्चोकका जनार्दन खनाललाइ आयोजकद्वारा सम्मान र सहयोग प्रदान गरिएको थियो ।

समाज सेवी हेतुले आयोजना गरिएको उक्त कार्यक्रममा नेपालमा गएको बिनासकारी भूकम्पमा परि ज्यान गुमाएका मृतकहरु प्रति सम्झंदै एकमिनेट मौन धारण गरिएको थियो ।

swiss 3

प्रतिक्रिया