सुदन गैरेको “तेरी यादें गीत बजारमा आउदै

इनेप्लिज २०७३ वैशाख १५ गते २१:४६ मा प्रकाशित

sudan-gaire

सुदन गैरे जब नेपालमा हिट हुने क्रममा थिए l त्यति बेला अमेरिका आए , उनि अमेरिका ,अनि गित नेपालमा , अभिभाबक बिनाका बच्चा जस्ता भए | बीच बीच मा पनि उनले गित सार्बजनिक नगरेका भने होइनन l तर अपेक्षाकृत सफलता भने मिले जस्तो भान हुदैन | यि आदि कारणले हुन सक्छ उनि अहिले एउटा दमदार प्रस्तुतिका साथ् आउदैछन् | “तेरी यादें “उनको अब सार्बजनिक गर्न लागिएको गित हो | हुन त नेपाली गायकले हिन्दि गित गाउनु कुनै नौलो कुरा त होइन l

धेरै जनाले गायका छन् तर सुदन गैरेले अलि फरक गर्न खोजेका छन् | पहिले धेरै रुचाइएको गित “पोहोर साल ” संग मिल्दो जुल्दो पाराले हिन्दि गित गाएका छन् | पहिलेका गायकहरुले नेपाली श्रोतालाई लक्षित गरेर हिन्दि गित गाएका थिए l सुदनले चाही नेपाली मात्र नभई भारतीय र पाकिस्तानी श्रोतासम्म पुग्ने लक्ष्य लिएका छन् |

नेपाली गीत संगीत पनि सुन्न लायक रैछन भन्ने एउटा सकारात्मक संदेश दिन खोजिरहेका छन् | नेपालमा अरु देशका सामान्य गायक गायिकालाई मेरा बाबै मान्ने चलन छ | एउटा नेपालीले गायकले अरु देशसम्म नेपाली गित संगीतलाई फैलाउने कोसिश गरेका छन् l त्यो पक्कै पनि गर्ब गर्न लायक छ| उनि कति सफल रहन्छन त्यो आगामी दिनमा थाहा होला l तर यस्तो प्रयाशलाई हामी सबैको साथ सहयोग हुन जरुरि छ |

प्रतिक्रिया