ANFS द्धारा अष्ट्रेलिया क्यानबेरामा एक भव्य कार्यक्रमार्फत नेपाली राजदूतको औपचारिक बिदाई कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ वैशाख १५ गते १:५७ मा प्रकाशित
DSC03615-800x600
अष्ट्रेलियन नेपालीज फ्रेण्डशीप सोसाइटी क्यानबेरा (Australian Nepalese Friendship Society) ले अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्र कुमार नेपालको औपचारिक बिदाई कार्यक्रम सम्पन्न गर्यो । अष्ट्रेलियामा चार वर्ष रहेर कुशलतापूर्वक जिम्मेवारी पूरा गरेकोमा एक विशेष समारोहबीच सांगीतिक कार्यक्रमसँगै रात्रीभोज आयोजना गरेर नेपालको औपचारिक बिदाई गरेको हो । रुद्र कुमार नेपाल सन् २०१२ को मे महिनामा नेपालको तर्फबाट अष्ट्रेलियाको लागि रादूत नियुक्त भएका थिए । राजूदतको जिम्मेवारी सम्हालेदेखि नै नेपालले अष्ट्रेलिया र नेपालबीचको कुटनैतिक सम्बन्ध बिस्तारका लागि उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको थियो । अष्ट्रेलियामा रहेका नेपाली समुदाय एनआरएन अष्ट्रेलियनसँग समन्वय गर्दै हरेक नेपालीको सुख दुःखमा साथ दिदै आउनुभएका नेपालले अष्ट्रेलियाामा पढ्न आएका नेपाली बिद्यार्थीहरुको समस्यालाई पहिलो प्राथमिकता दिदै आउनुभएको थियो । नेपाली बिद्यार्थीहरुको समस्या हलका लागि अष्ट्रेलियको फिडरल सरकार (Federal Government) सँग समन्वय गर्दै विशेष पहल उनले गरेका थिए । नेपाल सरकारले जारी गरेको एमआरपी (MRP) अर्थात मेसीन रिडेवल पासपोर्ट (Machine Readable Passport) को व्यवस्थालाई लागू गराउन राजदूत नेपालले एनआरएन अष्ट्रेलियन समुदायसँग परामर्श र भेट गर्दै भूमिका निर्वाह गरे । हरेक पासपोर्ट होल्डरको नाम अनलाइनमा राख्ने र त्यसको प्रोसेसलाई ट्रायक गर्ने कामलाई सरल सहज तवरबाट अगाडी बढाउदै नेपालीबीचको सम्बन्धलाई प्रगाढ बनाउदै लगेका नेपालको कामको सबैतिरबाट प्रशंसा गरिएको थियो ।
hh
राजदूत रुद्र कुमार नेपालले अष्ट्रेलियन नेपालीज फ्रेण्डशीप सोसाइटी क्यानबेराले राखेको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समुदायले पासपोर्ट बनाउने प्रक्रिया र बितरणमा देखाएको धैर्यता र सैहाद्रर्ताको उच्च कदर र प्रशंसा गर्नुभयो ।
बैशाख १२ गते र २९ गते नेपालमा गएको विनाशकारी भुकम्पले नेपाल र नेपालीको मन मष्तिष्कमा पुर्याएको चोटलाई मलम लगाउन अष्ट्रेलियामा रहेका नेपालीहरु र अष्ट्रेलियन सरकारले राहत कोष खडा गरी मानवीय संम्वेदनाका लागि सामाजिक सहयोग पु्याएकोमा मुरी मुरी धन्यवाद समेत व्यक्त गर्नुभयो । नेपालको नयाँ संबिधान निर्माणको ऐतिहासिक क्षणमा अष्ट्रेलिया सरकारले कुटनैतिक तथा राजनैतिक दुबै तवरबाट गरेको सहयोगको उच्च कदर गर्दै आगामी दिनहरुमा पनि सल्लाह सुझाव सहित यस्तै सहयोगको अपेक्षा आम नेपालीले अष्ट्रेलिया सकारबाट राखेको राजदुत नेपालले बताए । आफ्नो कार्यकालमा नेपाली समुदाय एनआरएन अष्ट्रेलियाबाट उल्लेख्य सहयोग रहेको बताउदै नयाँ आउने अष्ट्रेलियाको लागि नेपाली राजदूतलाई पनि गर्नुहुन उहाँले अनुरोध सोही बिदाई कार्यक्रममार्फत गर्नुभयो । आफू जहाँ जता रहे पनि आफ्नो ज्ञान अनुभव र विचारलाई नेपाल र नेपालीको हित अनुकुल प्रयोगमा ल्याउने प्रण समेत रुद्र कुमार नेपालले गर्नुभएको छ ।
उक्त कार्यक्रममा क्यानबेरा नेपाली समाजका अग्रज प्रोफेसर डा. होम मूर्ति पन्तले राजदुत नेपालको व्यक्तिगत आचरण, कार्यशैली र सामाजिक भावनाको खुलेर प्रशंसा गर्नुभयो । साथै उहाँको अवकाश जीवन नेपाल र नेपालीको हितका लागि खर्च होस् भन्ने शुभेच्छा र कामना समेत व्यक्त गरे । डा.प्रोफेसर पन्तले खादा ओढाएर सम्मानकासाथ राजदूत रुद्र कमार नेपाललाई औपचारिक रुपमा बिदाई समेत गर्नुभयो । त्यसैगरी ANFS की पुष्पा के.सी.ले श्रीमती करुणा नेपाललाई खादा ओढार बिदाई गरेकी थिइन् ।
canbera
सोही अवसरमा ANFS का अध्यक्ष तथा कार्यक्रमका सभापति श्री विक्रम सुवेदीले राजदूत दम्पती नेपाललाई मायाको चिनो प्रदान गरी औपचारिक बिदाई समारोह समापन घोषणा गरेका थिए । यो विशेष बिदाई कार्यक्रम क्यानेरास्थित  वेष्टन क्रीक कम्युनिटी सेन्टर (Weston creek community centre ) सेन्टरमा भएको थियो । ANFS का सचीव आदर्शजंग पाण्डेले उक्त कार्यक्रम सञ्चालन गरेको थिए ।
dootउक्त कार्यक्रम मा काउन्सेलर राजेन्द्र पाण्डे तथा श्रीमती सावित्री पाण्डे उपस्थित हुनुहुन्थ्यो भने ANFS का पदाधिकारीहरुका साथै एनआरएन क्यानबेराका प्रमुख प्रतिनिधि युवराज खनियाँ, नुवाकोट समाज अष्ट्रेलियाका सक्रिय सदस्य एवं आइसिटी खबर अष्ट्रेलियाका संयोजक तथा सृजनशील प्रवद्र्धन केन्द्र नेपालका अष्ट्रेलिया सल्लाहकार अभिषेक उप्रेतीको समेत उपस्थिती रहेको थियो ।
uy
A & S क्यानबेरा अष्ट्रेलियाका सञ्चालक सुवास प्रसाई, नेपाली समुदायका बुद्धिजीवि डी.डी कँडेल लगायत नेपाली समुदायको उल्लेख्य सहभागीता रहेको राजदूत बिदाई कार्यक्रमको बीच बिचमा सास्कृतिक कार्यक्रम गरेर सबैलाई मनोरंजन पनि दिलाएको थियो । कार्यक्रममा एनफएसका सचीव आदर्शजंग पाण्डेले राजदूत रुद्र नेपाललसँग गरेका प्रोजेक्ट उहाँका व्यक्तिगत सहभोगी भावनाको अनुभव शेयर गर्दै उच्च सर्हाना समेत व्यक्त गर्नुभयो । नेपाल र अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई हरसमय ख्याल गर्ने स्वभाव भएको राजदूत रुद्र कुमार नेपालले आफ्नो व्यक्तिगत मोबाइल नम्बर दिएर कुनै पनि गार्हो अप्ठ्यारो पर्दा अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई लगाएको गुन जो कसैले भुल्न सक्तैन भने । यस्तो सामाजिक जीवनशैलीको अनुभूति अन्य गन्य-मान्य व्यक्तिबाट पाउन समेत गार्हो छ । यस अर्थमा राजदुत नेपाल एक उदाहरणीय सामाजिक व्यक्तित्व हुनुहुन्छ । उहाँको कार्यकाल अष्ट्रेलियाका नेपाल समुदायका लागि एक अभिभावकको भूमिका भन्दा बढी रहेको थियो । नयाँ राजदूत नियुक्त प्रक्रिया केही लम्बिने देखिएकोले राजदुतको सम्पूर्ण जिम्मेवारी कन्सुलर राजेन्द्र पाण्डेले लिएको जानकारी समेत उक्त बिदाई कार्यक्रममार्फत रुद्र कुमार नेपालले गराउनुभयो ।

प्रतिक्रिया